Loading... आजः सोमवार, भदौ २२, २०८३
Trending

सुख्खा पहिरोले अवरूद्ध भेरी करिडोर पुनः सुचारु

जाजरकोट  :  भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको सडक पुनः सुचारु भएको छ । करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ छिप्रेदहमा आइतबार बिहान करिब साढे ८ बजेतिर सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको डोल्पा–जाजरकोट सडकखण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार उक्त क्षेत्रमा खसेको सुख्खा पहिरोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रिने सवारीसाधन छिप्रेदहमै रोकिएका थिए ।पहिरोका कारण सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय करवगार्डबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी)अनिलराज गिरीले जानकारी दिनुभयो ।

सडक सञ्चालनमा आए पनि सडकखण्डमा पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रहसमेत गरेको छ ।