घर –घरमै पुग्नेछ लाइसेन्स

सुर्खेत : कर्णाली प्रदेशका यातायात कार्यालयबाट प्रक्रिया पूरा गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सेवाग्राहीको घर घरमै पुग्ने भएको छ । जिल्लाका हुलाक कार्यालयले ती लाइसेन्स घरमै पु¥याउने भएका छन् ।
शुक्रबार हुलाक निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले लाइसेन्स सेवाग्राहीको घरमै पु¥याउने सहमति गरेका छन् । मन्त्रालयका तर्फबाट सचिव अर्जुनकुमार बम र निर्देशनालयका तर्फबाट हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेले हस्ताक्षर गर्नुभएको छ । सो हस्ताक्षरपछि यातायात कार्यालयबाट प्रव्रिm्रया पुगेर वितरण गरिएका लाइसेन्स हुलाक कार्यालयले सेवाग्राहीको घरसम्म पुयाउने छ ।
कर्णालीमा लाइसेन्स वितरण गर्ने तीन वटा कार्यालय छन् । सुर्खेत, जुम्ला र रुकुमपश्चिमको यातायात कार्यालयबाट लाइसेन्स वितरण हुने गर्दछ । ती लाइसेन्स घरमा पु(याउनका लागि हुलाक कार्यालयलाई ४० रुपियाँ शुल्क तिर्नु पर्दछ । राहदानीका साथै अब लाइसेन्स पनि सेवाग्राहीको घरमै पु¥याएर सरकारी सेवालाई थप सहज बनाउने अभियान जारी राखेको हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेले बताउनुभयो ।
यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले सम्झौतापछि कर्णाली प्रदेशका १० वटै जिल्लामा हुलाक कार्यालयमार्फत अब लाइसेन्स पनि घर घरमा पुग्ने बताउनुभयो । उहाँले जनतालाई प्रदान गरिने सेवा चुस्त, सहज र पारदर्शी हुनुपर्ने भन्दै यस कामले यातायात कार्यालयमा हुने सेवाग्राहीको भिडमा पनि उल्लेख्य कमी आउने बताउनुभयो । साथै यस कामबाट सरकारी सेवाप्रति जनताको विश्वास पनि बढ्ने उहाँको भनाइ छ । हुलाक निर्देशनालयका सूचना अधिकारी सुनिताकुमारी खत्रीले सम्झौतापछि तत्काल हुलाक कार्यालयमार्फत लाइसेन्स घर घरमा पुयाइने जानकारी दिनुभयो ।


