जोखिम मोलेर खोला तर्दै स्थानीय


दैलेख : भगवतीमाई गाउँपालिका–३ मेहेल्तोली र वडा नं. ४ जगनाथ जोड्ने तुर्सु खोलामा पुल निर्माण नहुँदा स्थानीयवासी जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । वर्षायाममा खोला बढेपछि आवतजावतमा समस्या हुनुका साथै बिरामीलाई सान्तडा अस्पताल पु¥याउनसमेत सास्ती हुने गरेको छ ।
स्थानीय जनक अधिकारीले वर्षायाममा खोला बढेका बेला मोटरसाइकल वारिपारि नै राखेर पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । बिरामी परेका बेला एम्बुलेन्ससमेत गाउँसम्म पुग्न नसक्ने अवस्था रहेको उहाँको भनाइ छ । बालबालिका विद्यालय जाँन आउँन समस्या मात्र नभएर मन्घरमा कोही बिरामी भएको बेला सान्तडामा रहेको अस्पतालमा समेत बिरामी ल्याउन सक्ने अबस्था छैन ।
भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काले तुर्सु खोलामा प्रत्येक वर्ष अस्थायी काठको पुल राख्ने गरिए पनि वर्षा लागेपछि कुहिने, बाढीले बगाउने तथा वर्षा सकिएपछि हटाइने समस्या दोहोरिने गरेको बताउनुभयो । उहाँले फलामको ट्रस राखेर मोटरसाइकल सम्म जान सकिने ट्रस निर्माण गर्ने गरी साढे सात लाख रुपैयाँको प्राविधिक लागत स्टमेट तयार भए पनि योजना कार्यान्वयन हुन नसकेको जानकारी दिनुभयो । उहाँले प्रत्येक वर्ष काठको लाप्का हाल्ने समस्या हुने भएपनि आफुहरुले गाउँपालिकामा अनुरोध गरेपनि त्यसको कार्यान्वयन नभएको बतानुभयो ।
गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै बजेट विनियोजन गरिए पनि योजना कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । प्राविधिकले लागत अनुमान तयार गरे पनि निर्माण प्रक्रिया अघि बढ्न नसक्नु दुःखद भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका इन्जिनियर ब्रजग परियारले विनियोजन भएको बजेटका आधारमा प्राविधिक स्टिमेट तयार गरिएको बताउँदै उपलब्ध बजेटले मोटर पुल निर्माण सम्भव नभएको जानकारी दिनुभयो । उहाँले मोटर पुल निर्माणका लागि सङ्घीय सरकारमार्फत स्थानीय पूर्वाधार कार्यक्रमबाट करिब एक करोड रुपैयाँ बजेट आउने चर्चा भए पनि हालसम्म निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो दुई लाखको योजना बनाउनु भन्ने आयो दुई लाखको प्राविधिक स्टमेटमा कसरी ट्रस पुल बन्छ सम्भवनै भएन त्यही भएर त्यसको कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँका अनुसार विपद बाट बजेट बिनियोजन गरी मोटर साइकल सम्म जान सक्ने ट्रस बनाउने भएपनि अन्तीममा दुई लाखको बनाउनु प¥यो भनेपछि त्यसको काम अगाडी नबढेको उहाँको भनाइछ । भगवतीमाई गाउँपालिकाकै कर्मचारीले कमिशन,बार्गेनिङ मिलिरहेको छैन यो महिनाभित्र लाप्का बनाउन सकिन्छकी भनेर सामाजिक संचाल फेसबुकमा समेत स्टाटस लेख्नुभएको छ ।

