Loading... आजः बुधबार, असार २४, २०८३
Trending

पत्रकार पराजुलीको निधनप्रति दैलेख शाखाद्वारा शोक व्यक्त


दैलेख :  नेपाल पत्रकार महासंघ नवलपरासी (पश्चिम) शाखाका अध्यक्ष केशव पराजुलीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल पत्रकार महासंघ दैलेख शाखाले मंगलबार दैलेख सदरमुकाममा शोक सभा गरेको छ। दैलेख शाखा अध्यक्ष कमल शर्माको अध्यक्षतामा भएको शोक सभामा गैसस महासंघका केन्द्रीय सदस्य हीरासिंह थापा, निवर्तमान अध्यक्ष अमर सुनार, पूर्व अध्यक्ष पुष्कर थापा लगायतको उपस्थिति थियो।

शाखाले उपचारका क्रममा ५६ वर्षको उमेरमा असार २० गते निधन भएका पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको हो। करीब चार दशकदेखि पत्रकारितामा सक्रिय पराजुली नेपाल पत्रकार महासंघ नवलपरासी ९पश्चिम० शाखाका अध्यक्ष हुनुहुन्थ्यो ।
असार २० गते निधन हुनुभएका पराजुली प्रति नेपाल पत्रकार महासंघको असार २१ गते काठमाण्डौमा भएको राष्ट्रिय भेलाले समेत शोक प्रस्ताव पारित गरेको थियो