Loading... आजः बिहिबार, बैशाख ३१, २०८३
Trending

रारा ट्रेल रनको उपाधि कुँवर र सनमायालाई

मुगु  :   मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेल रनको उपाधि जुम्लाका युवकराज बुढा र सुनमाय बुढाले हात पार्नुभएको छ । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका–७ का दलबहादुर कुँवर र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका–२ की सुनमाया बुढाले रारा ट्रेल रनको उपाधि हात पार्नुभएको हो ।

नेपाली सेनाको आयोजनामा रारा तालको सौन्दर्यताको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली सेनाले छैठौं वर्षदेखि मुगुको रारामा रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । यो वर्ष पनि नेपाली नेपाली सेना हनुमानध्वज गुल्मको आयोजनामा बुधबार भएको रारा ट्रेल रनको छैठौं सस्करणमा महिलातर्फ ४६ र पुरुष ३ सय ६१ जना गरेर ४ सय ७ जनाले सहभागिता जनाएका थिए ।

३ सय ६० जना धावकलाई पछि पार्दै जुम्ला तातोपानी गाउँपालिका वडा–७ का दलबहादुर कुँवर रारा ट्रेल रनको पहिलो बनेका हुन् । उहाँले १६ किलोमिटरको दूरी एक घण्टा ५ मिनेटमा पार गर्नुभयो ।

जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का युवकराज बुढा १ घण्टा ७ मिनेट दोस्रो र मुगु छायानाथ रारा नगरपालिका वडा– १४ का अक्कल बढुवाल ले १ घण्टा १२ मिनेट ४४ सेकेन्ड लगाएर तृतीय स्थानमा हासिल गरेका थिए।

यसैबिच महिलातर्फका ४५ जना धाविकालाई पछि पार्दै जुम्ला पातारासी गाउँपालिका–२ कि सुनमाया बुढा प्रथम हुनुभयो । उहाँले १६ किलोमीटर दूरी निर्धारित १ घण्टा १३ मिनेट १८ सेकेन्डमा पार गरी प्रथम हुनुभयो । जुम्ला पातारासी गाउँपालिका–२ की राममाया बुढाले १ घण्टा १५ मिनेट ३५ सेकेन्डमा द्वितीय हुनुभयो । त्यसैगरी डोल्पा भेरी नगरपालिका वडा ५ की सुनसरी रोकायाले १ घण्टा १७ मिनेट ४६ सेकेण्ड लगाएर तेस्रो स्थानमा हासिल गरेकी हुन्।

ट्रेल रनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीलाई जनही क्रमशः ५० हजार, ३० हजार, २० हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।