Loading... आजः आइतवार, असार १४, २०८३
Trending

बैंकिङ कसुरमा पक्राउ शाही छुटिन


दैलेख  :   बैंकिङ कसुरको अभियोगमा पक्राउ पर्नुभएको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पैसा तिरेपछि प्रहरीले छोडेको छ । शुक्रवार प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत बाट म्याद थप गरी जिल्ला सरकारी वकिल समक्ष बुझाउने दिनमा चेकमा उल्लेख भएको रकम तिरेपछि अध्यक्ष शाहीलाई प्रहरीेले छोडेको हो ।

एक स्थानीय व्यक्तिलाई तिर्नुपर्ने रकम लामो समय सम्म नदिएको भन्दै चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको थियो। नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि शाहीमाथि चेक बाउन्सको मुद्दा परेपछि प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको हो।