Loading... आजः शनिबार, बैशाख ५, २०८३
Trending

विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं  :   नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको छ। आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी गराइएको हो ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गर्नुभएको थियो । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको गर्नुभएको थियो । अहिले पनि कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ ।

महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए । कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।