Loading... आजः मङ्लबार, पुस ८, २०८२
Trending

नियमावली छलेर बिना प्रतिष्पर्धा एउटै फर्मलाई लाखौँ भुक्तानी

..

कमल शर्मा
दैलेख  :   जिल्लाका स्थानीय तहले सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४मा भएको व्यवस्थालाई बेवास्ता गरी बिर्ना प्रतिष्पर्धा एकै फर्मलाई लाखौँ रुपियाँ भुक्तानी गर्ने गरेको पाइएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ८(२)मा खरिद गर्दा प्रतिष्पर्धा सिमित हुने गरी टुक्रा–टुक्रा पारी खरिद गर्न नुहने व्यबस्था छ । त्यसै गरी नियमावली २०६४ को नियम ८५(४) अनसार १ लाख भन्दा बढि रकमको सोझै खरिद गर्दा मौजुदा सुचिमा रहेको कम्तीमा तीन वटा आपुर्तीकर्ता बाट लिखित रुपमा दरभाउपत्र माग गरी खरिद गर्नु पर्ने व्यबस्था भएपनि स्थानीय तहले मसलन्द ,फर्निचर, मोटरसाइकल,ल्यापटक लगायतका सामाग्री गरिद गर्दा बिना प्रतिष्पर्धा एउटै फर्मलाई लाखौ रुपियाँ भुक्तानी दिएको पाइएको छ ।

जिल्लाको गुराँस गाउँपालिकाले अस्मिता पेपर प्रिन्ट अर्डर सप्लायर्स संग तीन लाख ५१ हजार ६१ रुपियाँ न्यु साँझा कम्युटर ट्रेडमा एक लाख ५१ हजार,६५१ रुपियाँ,संगम स्टेशनरी सेन्टर एण्ड जनरल अर्डर सप्लायर्स एक लाख ८३ हजार २८२, टिडि डेकोर हव र सुप्रिम ट्रेड सप्लायर्सलाई दश लाख ६८ हजार ५१० रुपियाँ, टिडि डेकोर हावस संग मसलन्द तथा कार्यालय सामाग्री ९९ हजार १५७ र .७४ हजार ८७२ सुप्रिम ट्रेड सप्लायर्स ७५ हजार ८४५ गरी २० लाख चार हजार सामागी खरिद गरेको छ । एउटै फर्मलाई मसलन्द खरिदमा नौ लाख ९७ हजार ३५७ रुपियाँ भुक्तानी दिएको छ ।

त्यस्तै जिल्लाको डुगेश्वर गाउँपालिकाले उस्तै प्रकृतिको विभिन्न खरिद कार्यलाई प्याकेजीङ गरी बोलपत्रको माध्यम बाट खरिद गराउन सकिने अबस्थामा लागत अनुमान तयार नगरी आर्थिक बर्ष ०८०÷२०८१ मा मसलन्द तथा कार्यालय सामाग्रीमा लाखौँ रुपियाँ खर्च गरेको छ । महालेखाको प्रतिबेदन अनुसार गाउँपालिकाले आर्थिक बर्ष २०८०÷२०८१मा मात्र छ वटा सप्लायर्स बाट फर्नीचर खरिद गरेको छ ।

केसी अर्डर सप्लायर्स बाट तीन लाख ६७ हजार ८१५, टिडि डेकोर हावस बाट नौ लाख ७५ हजार ९७२,डिम्स इन्टरनेश्नल पाँच लाख ८२ हजार मधुबन फर्निचर उद्योग बाट दुई लाख नौ हजार २८१ थापा ट्रेर्डस एण्ड सप्लायर्स तीन लाख ८४ हजार ९४० र केसी अर्र्डर एण्ड सप्लार्य तीन लाख ६७ हजार ८३९ रुपियाँ गरी जम्मा २८ लाख ९५ हजार ८२६ रुपियाँको फर्निचर खरिद गरेको छ । त्यस्तै कम्युटर,मोटरसाइकल र निर्माण कार्यका लगायतका कार्य गरी ५९ लाख १३ हजार ७१५ रुपियाँ खर्च गरेको छ ।

एउटै प्रकृतिको धेरै मसलन्द तथा कार्यलय सामाग्री खरिद कामलाई उपयुक्त प्याकेज बनाई बोलपत्र आह्वान गरी मितब्ययी तरिकाले खरिद गर्नुपर्ने महालेखाले सुझाव समेत दिएको छ । त्यस्तै गाउँपालिकाले पालिकालाई आवश्यक पर्ने औषधी खरिद गर्नुपर्ने र तालुक निकायबाट प्राप्त हुने परिणाम यकिन गरी वार्षिक आवश्यकताको परिणाम विवरण तयार गरी पुल सिस्टमको आधारमा आपुर्ती व्यबस्थापन गर्नुपर्दछ ।

आपुर्ती हुने औषधी वा अन्य समानमा उत्पादन मिति, म्याद सकिने मिति ब्याँच नः उत्पादन कम्पनीको नाम र निशुल्क वितरणको लागी सुचनामा उल्लेख रहनु पर्दछ । पालिकाले आपुर्ती भएको औषधीको म्याद सकिने मिति,भण्डार दाखिला लगायतका विवरण नखुलाएर सर्सत तथा पालिका चालु बजेट उपशिर्षक बाट विभिन्न फर्म संग २२ लाख ८१ हजार पाँच सयको औषधी समेत खरिद गरेको महालेखाको प्रतिबेदनमा उल्लेख छ । महालेखाको प्रतिबेदनमा भनिएको छ पालिकाले औषधी खरिद,उपयोग र मौज्जादको अबस्था एकिन गरी औषधी खरिद गर्नुपर्छ ।

त्यस्तै नौमुले गाउँपालिकाले अन्य सेवा शुल्क शिर्षक राखेर मसलन्द र सामाग्री मर्मत,सवारी शान्ती सुरक्षा कार्यक्रममा इन्धन खर्च,सेवा तथा परामर्श लगायतका विभिन्न शिर्षकमा १२ लाख ७६ हजार ३०६ र पाँच लाख ७७ हजार ७५६ रुपियाँ गरी १८ लाख ५३ हजार खर्च गरेको छ ।

महालेखाले प्रतिबेदनमा उक्त खर्चलाई अनियमित भएको उल्लेख गरेको छ । ठाटिकाँध गाउँपालिकाले वडा कार्यालयको समेत गरी मसलन्दमा १६ लाख ६३ हजार ८५८ रुपियाँ खर्च गरेको छ । भगवतीमाई गाउँपालिकाले मर्मत,मसलन्द,फर्निचर लगायत विविधि कार्यमा सात लाख ८३ हजार,भैरवी गाउँपालिकाले १० लाख ७४ हजार ६३० रुपियाँ खर्च गरेको छ ।