Loading... आजः मङ्लबार, मंसिर १०, २०८२
Trending

दुल्लु दरबार क्षेत्रको नाप नक्सा गरिँदै


कमल शर्मा
दैलेख  :  दुल्लु दरबार क्षेत्रको नाप नक्सा गरिएको छ । दुल्लु दरबार क्षेत्रको पुर्न निर्माणमा ढिलाइ गरेको भन्दै अधिवक्ता शेर बहादुर खत्रीले खत्रीले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, दुल्लु नगरपालिकालाई समेत विपक्षी बनाई परमादेश लगायतको उपयुक्त आज्ञा आदेश जारी पाउँ भन्दै रिट दायर गरेपछि जिल्ला अदालत दैलेखको समन्वयमा दरबार क्षेत्रको जग्गाको नाप नक्साका लागी जिल्ला अदालत,दुल्लु नगरपालिका,नापी कार्यालय दुल्लु र अधिवक्ता शेर बहादुर खत्रीको टोलीले शुक्रवार जग्गाको नाप जाँच गरिएको बताइएको छ ।
तत्कालीन खस राजा संसारी बम्मले वि.सं. १३५३ मा स्थापना गरेको उक्त पुरातात्त्विक महत्त्वको दरबार ०५९ वैशाख ८ गते तत्कालीन माओवादी विद्रोहीले बम विस्फोट गराएपछि भत्किएको भए पनि तीन तहका सरकारले पुर्न निर्माणमा ध्यान नदिएको भन्दै अधिवक्ता खत्रीले उच्च अदालत सुर्खेतमा रिट दायर गर्नुभएको थियो ।
अधिवक्ता शेर बहादुर खत्रीले उच्च अदालत सुर्खेतमा रिट दायर दुल्लु दरबार क्षेत्रको पुर्न निर्माणमामा तीन तहका सरकारले बेवास्ता गरेका कारण आफूले उच्च आदतमा परमादेश लगायतको उपयुक्त आज्ञा आदेश जारी पाउँ भन्दै रिट दायर गरेको र त्यसको वास्तविक प्रतिवेदन बनाएर पठाउन जिल्ला अदालत दैलेखलाई आदेश दिएपछि शुक्रवार जग्गाको नाप नक्सा गरिएको बताउनुभयो । उहाँले अदालतमा पुन निर्माणको विषय प्रवेश गरेपछि किन निर्माण हुन सकेन क्षेत्रफल कति छ भन्ने अदालतले खोज्ने भएका कारण नाप नक्सा गरिएको र त्यसको प्रतिवेदन जिल्ला अदालत दैलेखले तयार गरी उच्च अदालत सुर्खेतलाई पठाएपछि आदेश प्राप्त हुने बताउनुभयो ।
तीन वटा भ¥याङ र ५२ वटा झ्याल ढोका भएको दरबार परम्परागत शैलीमा निर्माण गरिएको थियो । दुल्लु राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखि भारतको गडवालसम्म फैलिएको थियो । बाइसे –चौबिसे राज्यमा यो राज्य एक राज्यको रूपमा रहेको थियो । नेपालबाट अरनिको समूहका ललितपुरका कालिगड झिकाई विक्रम संवत् १९८४ मा दरबारको पुनर्निर्माण गरिएको थियो । तत्कालीन दुल्लु राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाइँ जितेर ल्याएको सम्पत्तिबाट दरबारको निर्माण गर्न लगाएको दुल्लु क्षेत्रका जानकारहरू बताउने गरेका छन् । दरबारमा दुल्लुका अन्तिम राजा जङ्गबहादुर शाहले वीर शमशेर राणाकी नातिनी तेज शमशेर छोरीसँग विवाह गरेपछि दुल्लुमा राजकाज चलाएका थिए ।
दुल्लु दरबार क्षेत्रको जग्गा नाँपजाँच टोलीका सदस्य एवम् दुल्लु नगरपालिकाकाका कर्मचारी शमशेर बहादुर शाहीले दरबार क्षेत्रको जग्गा नाप जाँच गरिएको दुल्लु र उक्त जग्गा साबिक दुल्लु गाउँ विकास समितिका वाड १ र हाल दुल्लु नगरपालिका–७ मा पर्ने उक्त जग्गाको कित्ता न ः २७२ मा ३७८० वर्ग मिटर भेटिएको बताउनुभयो । उहाँले फिल्ड बुकमा तत्कालीन दुल्लु राज्यका राजा तर्क बहादुर शाहका नाममा दर्ता भएको भेटिएको बताउनुभयो । उहाँले तर्क बहादुर शाहका आफन्त ऋषि बहादुर शाहका आफन्तले समेत छुट जग्गाको दर्ता गरी पाउँ भनेर निवेदन आएको र केही जग्गा दरबारलाई दिने कुरा समेत भएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुल्लु दरबार भएको जग्गा समेत दरबारका नाममा नभएपछि उच्च अदालत सुर्खेतले आदेश दिएपछि मात्र अन्य काम अगाडी बढ्छ । नापी कार्यालय दुल्लुले नाप नक्साका लागी प्राविधिक खटाएको र त्यसको वास्तविक रिर्पोट बनाएर सम्बन्धित निकायमा पठाउने जानकारी दिएको छ ।