Loading... आजः मङ्लबार, मंसिर १०, २०८२
Trending

दललाई निषेध गरेको आरोप मसाल जुलुस

साभार नेपाल प्रेस

काठमाडौं  :   नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहीबार साँझ काठमाडौंको वानेश्वरमा मसाल जुलुस निकालेको छ । राजनीतिक गतिविधि गर्ने अधिकार खोस्न खोजेको र दलहरुमाथि सरकारले निषेध गर्न खोजेको भन्दै अखिलले मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो ।

अखिलका अध्यक्ष दीपक धामीले दलहरुलाई निषेध गरेर पूर्व निर्धारित कार्यक्रममाथि नियोजित रुपमा हमला गर्न लगाएको आरोप लगाउनुभएको छ । उहाँले समाजमा अराजकता मच्चाएर सरकारले चुनावको नाटक मन्चन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो सुशीला कार्की सरकारविरुद्ध अनेरास्ववियु मसालसहित सडकमा निस्केको र अराजकता स्वीकार छैन टुलुटुलु हेरर बसिँदैन ।