दैलेखमा अटो दुर्घटना,एकको मृत्यु


दैलेख : दैलेखमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको डुगेश्वर गाउँपालिकाको तल्लोडुगेश्वर बजार देखी दुल्लु नगरपालिका जादै गरेको भे १ ह २००६ नम्बरको दुल्लु नगरपालिका १२ लमस्तरामा भन्ने स्थानमाअटो दुर्घटना हुँदा अटो चालक दुल्लु नगरपालिका डुगेश्वर गाउँपालिका–६ तल्लोडुगेश्वरका ३५ वर्षिय पुस्कर दहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले अटो अनियन्त्रीत भई सडक देखी अन्दाजी १० मिटर तल खसेको र उक्त अटोले च्यापिएर चालक दहालको घटनास्थलमै मुत्यु भएको जानकारी दिनुभयो । उहाँले स्थानीय नर बहादुर थापाले बुधवार बिहाना ८ बजेको समयमा खवर गरेपछि इलाका प्रहरी कार्यालय दुल्लु र डुगेश्वर प्रहरी चौकी बाट टोली खटाएर घटनाको मुचुल्का कार्य गरी पोष्टम्यार्टमका लागी शव जिल्ला अस्पताल दैलेखमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । उक्त दुर्घटना स्थल प्रहरी चौकी तल्लोडुगेश्वर देखी चार किलोमिटर र इलाका प्रहरी चौकी बाट २० किलामिटर दक्षिणतर्फ रहेको छ ।

