सुर्खेत जाँदै गरेको जीप दुर्घटना, १२ घाइते


दैलेख : जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कालिकोटको थीर्पु घाट चौर बाट सुर्खेत जाँदै गरेको भे १ ज १०५६ नम्बरको बुलेरो जिप (बन्दबडी)दैलेखको आठबिस नगरपालिका ८ सेरावाडमा दुर्घटना हुँदा १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय राकमकर्णाली दैलेखले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय राकमकर्णालीले दिएको जानकारी अनुसार जिप सडक बाट अन्दाजी ५० मिटर तल खसेको र जिपमा सवार सवारी चालक सहित १६ जनामा १२ जना घाइते भएको चार जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घाइते हुनेहरूमा कालिकोट जिल्ला पलाता गाउँपालिका वडा नं ३ का २२ वर्षीय दिनेश हमाल , २३ वर्षीय नीराजन खाँण , २५ वर्षीय को खडक रोकाय , ३५ वर्षीय वीरेन्द्र बम,२२वर्षीय सिर्जन बम, ३३ वर्षीय जर्मराज बम, वर्ष ३४ को उबज बम २४बर्षको सन्तोष खाँण, वर्ष ६० को परिलाल रोकाय, वर्ष ३५ को दिपराज रोकाय, वर्ष १८ को हर्ष ब.रोकाय ,वर्ष ३५ को ऐजन ब.बम घाइते भएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय राकमकर्णालीका प्रहरी प्रहरी नायव निरीक्षक छत्र ढकालले घाइते मध्ये कालिकोट पातला गाउँपालिका ३ बस्ने वर्ष १८ को हर्ष बहादुर रोकाय बाहेक अन्य घाइते लाई आठबिस नगरपालिकाको एम्बुलेन्समा राखेर थप उपचारका लागी प्रदेश अस्पताल सुर्खेतमा पठाइएको जानकारी दिनुभयो । उहाँले जिप चालक फरार रहेको र खोजी कार्य जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा २२ वर्षीय दिनेश हमाल,वर्ष २३को नीराजन खाँण वर्ष २५ को खड्क रोकाय, वर्ष २२ को सिर्जन बम, वर्ष ३५ को दिपकराज रोकाय रहेका छन् । प्रहरीका अनुरा जीप दिउसो बजे दुर्घटना परेको जनाएको छ ।

