Loading... आजः मङ्लबार, मंसिर १०, २०८२
Trending

एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स


काठमाडौं :  नेकपा एमालेको जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको भेलाले आगामी मंसिर ५ गते युथ भोलेन्टियर्स फोर्स घोषणा गर्ने निर्णय गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थितिमा भक्तपुरको गुण्डुमा विशेष भेला राखिएको थियो ।भेलाले महेश बहेस बस्नेतको संयोजकत्वमा युथ भोलेन्टियर फोर्स विधान(कार्यपत्र समिति बनाएको छ ।
एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ५ गते काठमाडौंमा युवाहरूलाई सडकमा उतार्दै युथ भोलेन्टियर्स फोर्सको केन्द्रीय कमाण्डका साथै विधानको घोषणा गर्ने जानकारी दिए । युथ भोलेन्टियर्स फोर्सलाई पार्टीका साथै देश निर्माणमा परिचालन गरिने उनले बताए ।

 

उनले पार्टीको निर्णय अनुसार संसद पुनस्थापनाका लागि सडक आन्दोलन गर्ने उल्लेख गरे । वास्तविक जेनजी युवाहरूसँग नियमित संवादमा रहेको जानकारी दिदै उनले भ्रष्टाचार नियन्त्रण लगायतका मागलाई पुरा गर्नका लागि लाग्ने बताए ।बस्नेतले यूथ भोलेन्टियर्स फोर्सले जेनजी आन्दोलनपछि गिरेको नेपाल प्रहरी र प्रशासनको मनोबल उकास्न सहयोग गर्ने दाबी गरे ।

बस्नेतले पार्टीको महाधिवेशनबाट अध्यक्षको रुपमा केपी ओलीलाई नै चयन गर्ने दाबी गरे। महाधिवेशनमा निर्वाचनका लागि प्रतिस्पर्धा गर्ने छुट भएको भन्दै महाधिवेशन प्रतिनिधिले विवेकको प्रयोग गर्दै ओलीलाई नै अध्यक्षमा चयन गर्ने उनले बताए ।