Loading... आजः मङ्लबार, मंसिर १०, २०८२
Trending

इन्धन र मर्मत चार करोड ६५ लाख खर्च

..

कमल शर्मा
दैलेख :  जिल्ल्लाका ११ स्थानीय तहले बिगत वर्ष भन्दा आर्थिक बर्ष २०८०/२०८१ मा इन्धन मर्मत र गाडी भाडामा ६० प्रतिशत कम खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालय काठमाण्डौले सार्वजनिक गरेको स्थानीय तहको लेखा परीक्षण प्रतिबेदन अनुसार जिल्लाका ११ स्थानीय तहले आर्थिक बर्ष २०७९/०८० मा इन्धनमा पाँच करोड८४ लाख एक हजार ९४० रुपिँया,गाडी भाँडामा एक करोड २२ लाख रुपिँया र मर्मतमा तीन करोड ४९ लाख ८३ हजार ५९७ समेत गरी दश करोड ५५ लाख ८६ हजार ५५ रुपिँया खर्च गरेका स्थानीय तहले आर्थिक बर्ष २०८०/२०८१ मा इन्धनमा तीन करोड,३५ लाख ६५ हजार ४९८ रुपिँया,गाडी भाँडामा २७ लाख ८७ हजार ४८० रुपिँया र मर्मतमा एक करोड १४ लाख ७ हजार ६०२ रुपिँया गरी चार करोड ६५ लाख ५८० रुपिँया खर्च गरेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २५ अनुसार वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै संघिय सरकार र प्रदेश सरकार बाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दिर्घकालीन पुँजी निर्माण हुने कार्यमा खर्च गर्ने ब्यबस्था गरेपनि पालीकालाई अत्यावश्यक पर्ने क्षेत्र बाहेक आवश्यकताको पहिचान नगरी इन्धन,मर्मत र गाडी भाँडामा करौडौ खर्च गर्ने गरेका स्गानीय तहले पछिल्लो समय खर्चको सिमा घटाएका छन।
जिल्लाको नौमुले गाउँपालिकाले इन्धनमा १२ लाख ५५ हजार रुपिँया खर्च गरेको महालेखाको प्रतिबेदनमा उल्लेख छ । महालेखाको प्रतिबेदनमा भनिएको छ गाउँपालिकामा दुई दुई वटा गाडी हुँदा हुदै पनि विभिन्न ब्यक्ति र फर्म बाट यातायात बापत आठ लाख ६१ हजार १६१ रुपिँया खर्च गरेको उल्लेख छ । त्यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिकाले इन्धनमा ४४ लाख १५ हजार ९४९ रुपियाँ मर्मतमा २४ लाख ७८ हजार रुपियाँ खर्च गरेको छ । महालेखाको प्रतिबेदनमा भनिएको छ आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७को नियम ३९(५)मा सरकारी रकम खर्च गर्दा खर्च पुष्टि गर्ने बिल भरपाई प्रमाण कागजात राखी लेखा राख्नु पर्ने ब्यवस्था भएपनि नगरपालिकाले इन्धन खर्च मार्फत थप चार लाख चार लाख ८० हजार भुक्तानी दिएको छ । पालिकाले इन्धनको रकम सम्बन्धित पार्टीलाई भुक्तानी दिनु पर्नेमा जिन्सी प्रमुख मार्फत भुक्तानी दिएको र इन्धन खर्चको प्रयोजन,प्रयोग भएको सवारी साधन र सोको लगबुक समेत राखेको देखिएन ।

जिल्लाको नारायण नगरपालिकाले इन्धन खर्चमा ४२ लाख ८१ हजार ७४७ रुपिँया र मर्मतमा १९ लाख ८४ हजार ७३३ रुपिँया खर्च गरेको छ । आठबिस नगरपालिकाले इन्धनमा १७ लाख ७४ हजार ८०७ रुपियाँ,दुल्लु नगरपालिकाले २८ लाख नौ हजार ठाटिकाँध गाउँपालिकाले २५ लाख ९४ हजार ९१८ रुपियाँ,भैरबी गाउँपालिकाले ४८ लाख ५५ हजार ७२१ रुपिँया,महावु गाउँपालिकाले ३६ लाख ७९ हजार ९०७ रुपियाँ नौमुले गायउँपालिकाले १२ लाख ५५ हजार १२७ भगवतीमाई गाउँपालिकाले इन्धनमा ३३ लाख ७६ हजार ३२३ र मर्मतमा २३ लाख ८४ हजार ८८४ र गाडी भाडामा आठ लाख ६१ हजार १६१ रुपियाँ खर्च गरेको छ । त्यस्तै डुगेश्वर गाउँपालिकाले इन्धनमा २३ लाख मर्मतमा ११ रुपियाँ खर्च गरेको छ । गुराँस गाउँपालिकाले इन्धनमा २२ लाख २१ हजार ९९९ रुपियाँ खर्च गरेको छ ।

स्थानीय सरकारले ,स्थानीय सरकार संचालन ऐन२०७४ आर्थिक कार्यविधि तथा बित्तिय उत्तरदायित्व नियमावली २०७७ लाई ख्यान नगरी आफु खसी खर्च गर्ने गरेका कारण बिगतमा खर्च गर्ने गरेको भएपनि महालेखाको प्रतिबेदन र सुझावलाई ग्रहण गरेका कारण पछिल्ला बर्षहरुमा खर्चमा मितब्ययिता भएको सुशासनकर्मीले बताएका छन ।

सुशासन अभियानता दुर्लभ बोगटीले स्थानीय सरकार जनताका आधारभुत आवश्यकता भन्दा आफ्नो सेवा सुविधा कसरी लिन सकिन्छ बिगतमा ध्यान दिदा फजुल खर्च गर्ने गरेको र महालेखाले त्यसलाई बेरुजु निकालि दिएपछि पछिल्लो समय खर्चमा मितब्ययिता अपनाउने गरेको बताए । उनले दैलेख जस्तो ठाउँका पालिकाले ४० लाख भन्दा बढि इन्धनमा खर्च गर्नु अझै पनि पालिकाहरु आर्थिक मितब्ययितामा कमजोर भएको बताउँदै बिस्तारै सुधार गरेर जाने बाटोमा स्थानीय तह पुगेको बताए । उनले भने महालेखाले नियमविपरितका कुनै कार्य नगर्न बर्षेनी निर्देशन दिने गरेका कारण पनि अघिल्लो आर्थिक बर्ष भन्दा इन्धन मर्मत र गाडी भाडामा कम खर्च गरेका छन ।