Loading... आजः आइतवार, कार्तिक १०, २०८२
Trending

घाइते रोकायलाई संगठनको आर्थिक सहयोग

घाइते रोकायलाई आर्थिक सहयोग गर्न प्रदेश अस्पताल पुगेको केन्द्रिय अध्यक्ष,प्रदेश अध्यक्ष लगायतको टिम

सुर्खेत  :  हुम्लाको चंखेली गाउँपालिकास्थित देशी खोलामा असोज २० गते भएको जीप दुर्घटनामा परी घाइते भएका नेपाल निजामती कर्मचारी संगठन हुम्लाका अध्यक्ष महेन्द्र रोकायलाई आर्थिक सहयोग गरिएको छ । प्रदेश अस्पताल सुखर्खेतमा उपचाररत रोकायलाई नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिका अध्यक्ष भवानी न्यौपाने दाहाल सुर्खेत पुगेर आर्थिक सहयोग गरेकी छिन ।

उनले संगठन सधैं दुःख–सुखमा साथमा रहेको भन्दै रोकायलाई उच्च मनोबल बनाइराख्न हौसला प्रदान गरेकी थिइन। संगठनले कल्याण कोष बापतको राहत रकम हस्तान्तरण पनि गरेको छ ।

अध्यक्ष महेन्द्र रोकायकी श्रीमती स्याँडा स्वास्थ्य चौकीकी अनमी बसन्ती बुढा र कान्छी छोरी जागृती रोकायको निधन भएको छ संगठन सदस्यका रूपमा मृतक बसन्ती बुढाले पाउने १ लाख ५० हजार र घाइते महेन्द्र रोकायले पाउने २५ हजार गरी जम्मा १ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको निजामती कर्मचारी संगठन कर्णाली प्रदेशका महासचिव प्रकाश शर्माले जानकारी दिए ।