Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

महसुल नर्तिनेको धारा काटियो


कमल शर्मा
दैलेख : नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको महसुल तिर्नका लागी बारबार ताकेता गर्दा समेत खानेपानीको महसुल नबुझाएपछि खानेपानीको धारा काटेको छ । शनिवार, आइतवार प्रहरीको सहयोगमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कर्मचारीले महसुल नर्तिने ब्यक्ती र संघ सस्थाकोे धारा काटेका हुन ।
नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति दैलेखका कार्यालय प्रमुख इन्जिनियर राजन खड्काले खानेपानी प्रयोग गरेका उपभोक्ता र सरकारी तथा गैर सरकारी सस्थाहरूले महसुल तिर्न नमानेका कारण बक्यौता रकम बढ्दै गएपछि बाध्यभएर खानेपानीको लाइन(धारा) काटिएको बताए । उनले ३० हजार माथी बक्यौता रहेका २४ जना मध्ये शनिवार १९ वटा धारा काटिएको बताए । उनले भने धाराको लाइन काट्न जाँदा केहीले बक्यौता रकम तिरेपनि लाइन काटिएको छैन

नारायण नगर खानेपानी आयोजना निर्माण गर्दा नगर विकास कोष सँग लिएको ११ करोड २० लाख ऋणको ब्याज मासिक सात लाख ५० हजार तिर्न समेत समस्या भएपनि बाध्यभएपछि धारा काट्न सुरु गरेको खड्काले बताए । उनले भने नगरपालिकाले नगरबासीलाई पानी खुवाए बापत नारायण नगरपालिकाले तिर्नुपर्ने रकम समेत २० लाख र अन्य सरकारी तथा गैरसरकारी सङ्घ संस्था सँग ७३ लाख भन्दा बढी रकम रहेको छ । समितिले नेपाल सरकारले निर्माण गरेको खानेपानी नियमावली २०८१ बमोजिम उपभोक्ताले नियमित महसुल नतिरेको अवस्थामा धारा काट्न पाइने व्यवस्था बमोजिम त्यस प्रक्रिया अनुसार धाराहरु काट्न सुरु गरिएको जनाएको छ ।
समितिले पावर र पहुँच भएका र समाजकै प्रतिष्ठित ब्यक्ती बाट महसुल नउठ्दा सेवा प्रवाह देखी मर्मतमा समेत समस्या हुने भएपछि ३० हजार माथी बक्यौता भएकाहरुको खानेपानीको धारा काट्ने र कम भएकाले समेत नतिरेको खण्डमा उक्त धाराहरु समेत काटिने कार्यलय प्रमुख खड्काले बताए । समितिले दिएको जानकारी अनुसार स्वास्थ्य सेवा कार्यालयमा जोडिएका तीन वटाको महसुल १४ लाख ९४ हजार २८३, नारायण नगरपालिकाले तिर्नु पर्ने २० लाख , ३० हजार माथिको बक्यौता करिब १५ लाख र ३० हजार मुनीको बक्यौता ६० लाख रुपियाँ गरी एक करोडको हाराहारीमा बक्यतौ उठ्न बाँकी जनाएको छ ।