Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौँ :  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

सोमबार जेन–जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका हुन् । कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।
कांग्रेस सभापति देउवा त्यसमा मौन रहे भने गृहमन्त्री लेखकले राजीनामा दिने जानकारी गराएर त्यहीँबाट मन्त्रिपरिषद् बैठकमा गएका थिए । लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बनेका थिए ।