Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

ताइपेईमा अन्तर्राष्ट्रिय सम्मान—ब्रोडवे इन्फोसिसको उपलब्धि

काठमाडौं, नेपालको सूचना प्रविधि क्षेत्रमा अग्रणी स्थान बनाउँदै आएको ब्रोडवे इन्फोसिसले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाएको छ। ताइवानको राजधानी ताइपेईमा सम्पन्न कार्यक्रममा वर्ल्ड इन्नोभेशन, टेक्नोलोजी एण्ड सर्भिसेस एलायन्स (WITSA)ले ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार प्रदान गरेको हो।

यो पुरस्कार १३ श्रेणीमा प्रतिस्पर्धामा आएका १३० उत्कृष्ट प्रस्तावमध्येबाट छनोट गरिएको थियो। ब्रोडवे इन्फोसिसलाई सूचना प्रविधिमा दक्ष जनशक्ति तयार पार्दै डिजिटल सीप विकासमा उल्लेखनीय योगदान दिएको कारण विजेता घोषित गरिएको क्यान महासंघका पूर्वअध्यक्ष रञ्जित पोदारले जानकारी दिए।

सम्मान प्राप्त गर्दै कम्पनीका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले भने, “हामीले सुरुदेखि नै डिजिटल शिक्षा, सीप अभिवृद्धि र नवीनतालाई केन्द्रमा राखेका छौं। यो सम्मानले हाम्रो यात्रालाई अझ सबल बनाउने छ।”

उनका अनुसार, उच्च गुणस्तरीय र उद्योग-अनुकूल तालिम, अन्तर्राष्ट्रियस्तरमा नेपाली जनशक्ति व्यवस्थापन र आगामी पुस्तालाई डिजिटल प्रविधिमा अभ्यस्त बनाउन निरन्तर योगदान गर्नु नै ब्रोडवे इन्फोसिसको लक्ष्य हो।

यस उपलब्धिसँगै नेपालको सूचना प्रविधि क्षेत्रमा ब्रोडवे इन्फोसिसले थप एक महत्वपूर्ण कोसेढुंगा स्थापित गरेको छ।