Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

करोड हाराहारीमा खर्च,विद्युत हुँदा उज्यालो,जाँदा अध्यारो

..


कमल शर्मा
दैलेख  :   नारायण नगरपालिका–१ नयाँ बजारमा ब्यबसाय गरिरहेका सुन्दर कुमार थापा बत्ति जाने समस्याले हैरान हुन्थे । नगरपालिकाले नौ वर्ष अघि जडान गरेका सौर्य बत्ति नियमित नबल्ने समस्या भोगीरहेका उनी नगरपालिकाले नगर उज्यालो कार्यक्रम मार्फत सडकबत्ति जडान हुनेभएपछि खुसी थिए । तर उनको त्यो खुसी सडकबत्ति जडान गरेकै दिन बत्ति गएपछि सकियो । उनी जस्तै नारायण नगरपालिका–६ गणेशचोकमा ब्यवसाय गर्नुभएका कृष्ण बनलाई पनि बत्ति जाने समस्याले हैरान थिए । सडकबत्ति जडानले नगर नगरउज्यालो होला रात्री समेत पैदल यात्रा गर्ने यात्री सहज होला भनेको भएन । नगरपालिकाले नारायण नगरपालिकाको बजार क्षेत्र दैलेख ठालुडाँडा देखी नारायण –३ खुर्सानीबारी सम्म नगर उज्यालो कार्यक्रम अन्र्तगत सौर्यबत्ती र सडक बत्ति जडान गर्न ७९ लाख खर्च गरेर बत्ति जडानको केही दिनमै सडकबत्तिनै नबलेपछि स्थानीयहरु दंग परेका छन ।
नारायण नगरपालिका –१ मै फेन्सी ब्यवयासय गरेका हेमराज अधिकारीले विद्युत नभएको बेला बजार क्षेत्रमा चोरी तथा तथा अपराधिक घटना र राती यात्रा गर्ने यात्रीलाई समेत सहज हुने उद्देश्यले नगर उज्यालो कार्यक्रम चलाएको भएपनि विद्युत भएको बेला हुने र विद्युत नभएको बेला नहुने कस्तो खालको सडक बत्ति जोडेको भन्दै आक्रोस पोखे । उनले भने विद्युत आएको बेला समेत सडक बत्ती बाल्न देवकोटाचोक बाट त्रिउमावीमा आउनुपर्ने बाध्यक्ष छ ।


नारायण नगरपालिकाका इन्जिनियर हिक्मत रोकायले नगर उज्यालो कार्यक्रमका विषयमा नगर प्रमुख र वडाध्यक्षहरुले सडक बत्ति राख्ने गरी योजना बनाएर अनुसार उक्त कार्यक्रमको ठेक्का लागेको बताए । उनले एक करोडको ठेक्का आह्वान भएकोमा भ्याट सहित ७९ लाखमा आरआर कन्ट्रक्सन महावु गाउँपालिका–३ बासीले निर्माणको जिम्मा पाएको बताए । उनले भने नगर प्रमुखकै निर्देशन अनुसार विद्युत प्राधिकरणकै इन्जिनियरको सहयोगमा उक्त सडक बत्तिको इस्टमेट गरी जडान गरिएको र बत्ति जाँदा जाने गरेको छ । उनका अनुसार त्यही कार्यक्रम बाट २० वटा सोलार सेट जडान गरेको,२५ वटा मर्मत गरिएको छ । त्यस्तै खानेपानी उर्जा विकास कार्यालयले नारायण नगर उज्यालो कार्यक्रममै २४ लाख खर्च गरेको छ । उपभोक्ता समिति मार्फत उक्त काम गरेको खानेपानी तथा उर्जा विकास कार्यालयले जानकारी दिएको छ ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले नारायण नगर उज्यालो कार्यक्रम अन्र्तगत नगरपालिका विभिन्न भुभागमा सौर्यबत्ति र सडक बत्ति जडान गरी नगर उज्यालो बनाउने काम गरेको बताए । उनले गएको आर्थिक बर्ष भित्र २० सोलार सेट २५ थान मर्मत गरिएको बताए । उनले भने सोलारबत्तीले मात्र बजार उज्यालो भएन, त्यसका लागी सडक बत्ती जडान गरेका छौँ सोलारको निरन्तरता दिन्छौ सडक बतीपनि बाल्छौँ ।

नारायण नगरपालिकाले २०७३ सालमा सडक सौर्य बत्ति जडान गर्नका लागी दुई वठा भिन्नभिन्नै समिति बनाएर ६० लाख खर्च गरिएको थियो । तत्कालीन समयमा नगरपालिकाले जडान गरिएका सौर्यबत्ती अधिकाँस बिग्रेका छन भने केही संचालन भइरहेका छन । तत्कालीन समयमा बायो इर्नजी प्रा.ली नेपालगञ्ज बाँकेले सौर्य उर्जा जडान गरेको थियो ।