Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

छ हजार बढिले लिए नागरिकताको प्रतिलिपि


दैलेख  :   दैलेखमा पुरानो नागरिकताको प्रतिलिपि बनाउनेहरुको संख्या बढ्न थालेको छ । पुरानो नागरिकता,हराएको,जलेर नष्ट भएको,पुरानो झुत्रो लगायतका कारण देखाउँदै नागरिकताको प्रतिलिपि लिनेको संख्या बर्षेनी बढ्दै गएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रिनाथ ग्रैह्रेले एक आर्थिक बर्षको छ हजार ९६१ जनाले नागरिकताको प्रतिलिपि लिएको जानकारी दिए । उनले नागरिकता बनाए पछि त्यसको संरक्षण गरी नराख्ने ,हराउने,समस्याले नागरिकताको प्रतिलिपि लिनेको संख्या बढेको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय बाट तीन हजार ६१८ र इलका प्रकाशन कार्यालय दुल्लु बाट तीन हजार ३४३ले नागरिकताको प्रतिलिपि लिएका छन ।
जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन दुल्लु बाट बंशजको आधारमा पाँच हजार १११,र जिल्ला प्रशासन कार्यालय बाट पाँच हजार ५९४ वटा गरी दश हजार ७०५ वटा नागरिकता वितरण,बैवाहिक अंगिकृत नागरिकता एक वटा,राहादानी सिफारिस दुई हजार ५५२,वटा दुई हजार ५३४ वटा वितरण बिपद पीडित ५९ घरधुरीलाई २३ लाख ९१ हजार ४९१ रुपिँया राहत वितरण गरिएको प्रजिअ गैहेले बताए ।
जिल्ला प्रशासन कार्यालयले आफ्नो कार्यालयको उल्लेख्य प्रगती प्रतिबेदनमा नेपाली सेनाले भोगचलन गर्दै आएको दुल्लु नगरपालिका–८मा रहेको जग्गाको मुअब्जा निर्धारण गरी वितरण गरेको,जिल्ला प्रशासनमा सेवा लिन आएका नागरिकलाई थप निबेदन आवश्यक नपर्ने ब्यबस्था मिलाएको,राहादानीका लागी भर्नु पर्ने फारमहरु जिल्ला प्रशासनमै निशुल्क उपलब्ध गराएको,कार्यालयको छड्के अनुगमन , बजार अनुगमन, शान्ती सुरक्षा तथा अमनचयनका विषयमा जिल्लाका ११ वटा स्थानीय तह संग समन्वय गरी कार्यक्रम संचालन गरेको उल्लेख गरेको छ ।