Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना

दैलेख  :   दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर वरालले बताए । उनले स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर प्रहरी चौकी स्थापना गरिएको बताए ।

यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी वर्दीनाथ गैरेले जलजले क्षेत्रलाई अति संवेदनशील र गौरवको आयोजनाको केन्द्रका रूपमा चिनाउँदै आएकाले चौकी स्थापनाले अपराध नियन्त्रण, विपद् व्यवस्थापन सहयोग युग्ने विश्वास व्यक्त गरे । उनले चौकी स्थापनाले पेट्रोलियम उत्खनन् क्षेत्रको सुरक्षा, सवारी दुर्घटनाको न्यूनिकरण सहयोग पुग्ने बताए ।

भैरबी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्ति सुरक्षा कायम हुने बताइन् । उनले शान्ति सुरक्षा अमनचैनमा प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त जनाइन् ।

कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि,  स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।