सामाजिक सञ्जालको दुरुपयोगले बढ्दै सम्बन्ध विच्छेद

दैलेखः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका २८ वर्षीय सुरेन्द्र बहादुर शाही २०७९ असोजमा मलेसिया गए । ४ वर्षको एक छोरा, ६ वर्ष र ८ वर्षकी दुई छोरी र श्रीमतीलाई छोडेर मलेसिया गएका उनकी श्रीमती डल्ली शाहीले एक वर्ष नपुग्दै छोरा छोरी छोडेर गाउँकै अर्को पुरुषसँग एक वर्ष अघि विवाह गरिन ।
सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी हुने महावु गाउँपालिका–५ कासिकाँधकी गङ्गा बन सँग विवाह गर्ने सहमतिमा मलेसियाबाट झन्डै चार लाख पठाए । ‘अविवाहित छु’ भनेकी गङ्गालाई विवाह गर्ने सहमतिमै पटक– पटक गरी रकम सुरेन्द्रले रकम पठाउने गरेको भएपनि असार ३२ गते नेपाल फर्किएपछि विवाहको बारे कुरा गर्दा ती महिलाले ‘यति बेला भरखरै बज्यै बितेकोले भेट्न नसक्ने भनेपछि पहिला कुरा लुकाए पनि आफू विवाहित भएको र छ वर्षको छोरा रहेको’ खुलाइन । नेपाल फर्केर पढ्न बसेका भाइबहिनी र आफ्ना छोराछोरीसँग १० दिन सुर्खेतमा बिताएर साउन १० गते मूल घर दैलेखको लैनचौर नपुग्दै बाटोमै हत्या भयो ।
सुरेन्द्रका बुबा बखत बहादुर शाहीले नेपाल फर्केको केही दिन अघि फोन गरी पहिला अविवाहित हुँ भनेकी ती महिलाले पछि विवाहित भएको, साथमा छोरा रहेको र त्यति ठुलो रकम खर्च भइसकेको अवस्थामा विवाह गर्ने वा नगर्ने भनी टेलिफोनबाटै सुरेन्द्रले सल्लाह मागेको विषयमा ‘जे गछौ तिमीहरू निधो गर तर केटी कस्तो हो राम्ररी बुझ्नू’ भनी आफूले राय दिएको बताए । त्यसको केही दिन देखी बेपत्ता भएको छोरा मृत फेला प¥यो ।
जिल्ला प्रहरी कार्यालय दैलेखले अविवाहित महिला हुँ भन्ने गङ्गा बनलाई नियन्त्रणमा लिएर अदालत बाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख गणेश बहादुर बरालले हत्या हुन सक्ने विभिन्न आधारहरू देखिएको बताउँदै घटनाका विषयमा अनुसन्धान भइरहेको बताउँदै धेरै कुरा बाहीर नल्याउने बताए । उनले भने प्रहरीले अनुसन्धान गरिरहेको छ वास्तविक कुरा पत्ता लागेपछि जानकारी दिन्छौ ।
माथिको उदाहरण मात्र हो पछिल्लो समय वैदेशिक रोजगारीमा गएका र सामाजिक सञ्जाल प्रयोगकर्ताको दुरुपयोगले सम्बन्ध विच्छेदका घटना बढ्दै गएको पाइएको छ । जिल्ला अदालत दैलेखका सूचना अधिकारी हरि प्रसाद उपाध्यायले जिल्ला अदालत दैलेखमा सम्बन्ध विच्छेदका मुद्धाहरु बढी आउने गरेको बताए । उनले जिल्ला अदालत दैलेखमा गत आवमा दुई ३६ मुद्दा सम्बन्ध विच्छेदको आएको बताए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्ष बाट जिम्मेवारीमा सरेका एक सय २९ मुद्दा र गत आवको अवधिमा दर्ता भएका चार सय चार गरी पाँच सय ३३ थान मुद्दा मध्ये दुई सय ३६ मुद्दा सम्बन्ध विच्छेदको रहेका थिए । त्यसमा दुई सय ३६ अर्थात् ४४ दशमलव २७ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा थिए ।
वैदेशिक रोजगारी र सामाजिक सञ्जालको दुरुपयोगका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै गएको विश्लेषण जिल्ला अदालत दैलेखले गरेको छ । अधिकांश पति रोजगारीको सिलसिलामा विदेश हुने, पत्नी बच्चा बच्ची पढाउने बहानामा सहर बजार झर्ने र सामाजिक सञ्जालबाट परपुरुषसँग अवैध सम्बन्ध राख्ने समस्याले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जान थालेको बताइएको छ ।