नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ


सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको गोप्य सूचनाका आधारमा गरिएको अपरेसनमा १३ लाख रुपैयाँभन्दा बढीको नक्कली नोट ३० किलोग्रामभन्दा धेरै अफिमजस्तो देखिने पदार्थ र नोट छपाइमा प्रयोग हुने उपकरणहरू बरामद गरिएको छ।
प्रहरीका अनुसार, घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरूको साथबाट क्यानोन प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायत उपकरणहरू समेत बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुधिरराज शाहीले यस घटनालाई सङ्गठित अपराधको उदाहरणीय केस भएको बताए । मिडियाजस्तो सम्मानित क्षेत्रको आडमा यस्तो अवैध कारोबार हुनु निकै गम्भीर विषय हो, उनले भने, हामी अनुसन्धानको गहिराइमा पुगिरहेका छौँ ।
कोहलपुर नगरपालिका–११, न्यूरोडस्थित ‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया हाउसको कार्यालयमा छापा मार्दा प्रहरीले नोट छाप्ने मेसिन र उपकरणसहित ५१ हजार रुपैयाँ नक्कली नोट र १९ किलो ३०० ग्राम अफिमजस्तो पदार्थ फेला पार्यो।
कार्यालय सञ्चालक मन बहादुर सहकारी, कालिकोटको नरहरिनाथ–९ का स्थायी बासिन्दा र प्रेम बहादुर विक, जाजरकोटका एक जना समेत पक्राउ परेका छन् । प्रहरीका अनुसार, उनीहरूलाई खोटा मुद्रा र लागुऔषध ९अफिम० सम्बन्धी कसुरमा हिरासतमा राखेर थप अनुसन्धान जारी छ । एसपी शाहीका अनुसार, “यस घटनाले अपराध लुकाउने प्रविधि र माध्यमहरू झन् जटिल बन्दै गइरहेका छन् भन्ने स्पष्ट पारेको छ।
पक्राउ पर्नेहरू दिलमाया सिंह ठकुरी, २२ वर्ष, कुशे–५, जाजरकोट राम बहादुर सिंह, ३३ वर्ष, कुशे–५, जाजरकोट,कृष्ण बहादुर वली, ३५ वर्ष, कुशे–७, जाजरकोट, प्रेम बहादुर विक, ३८ वर्ष, जाजरकोट मन बहादुर सहकारी, ३४ वर्ष, नरहरिनाथ–९, कालिकोट रहेका छन् ।

