Loading... आजः बिहिबार, असार १२, २०८२
Trending

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यू

दैलेख :  ट्रयाक्टर दुर्घटनामा हुँदा चालकको मृत्यू भएको छ । भैरबी गाउँपालिका–६ तीजडाँडा भीरमा भएको दुर्घटनामा ट्रयाक्टर चालक नारायण नगरपालिका–१ कुइकाना २१ वर्षीय इश्वर श्रेष्ठको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बराले जानकारी दिए ।

ना.प्र.०२–००१ त ५९१ नम्बरको ट्रयाक्टर तोरीमुलबाट डाँडामाडी तर्फ आउदै गर्दा राति अबेर दुर्घटना भएको डीएसपी बरालले बताए । सामान्य घाइते भएका सहचालक भैरबी गाउँपालिका–४ का १९ वर्षीय सुन्दर बिष्टको उपचार भएको र घटनाको अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ ।