उद्यमशिलतामा जोडिन मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले युवाले इतिहासको सङ्घर्षलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताएका छन । कर्णाली प्रदेश स्तरीय युवा उद्यमको प्रवर्धन सम्मेलको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन ।
इतिहासको सहि तरिकाले मूल्याङ्कन गरेर मात्र यो अनुकुलता र अवसर प्राप्त परिवेशमा देश विकासमा टेवा पुग्नेछ । दलीय व्यवस्थामा कुनै न कुनै राजनीति पार्टी र जनप्रतिनिधि छन्, नुनका लागि छ महिना कुर्ने अवस्थाको अन्त्य भएको यो अनुकुल परिवेशमा होइन निकै दुखःका क्षण पुराना युवा पुस्ताले पार गरेको स्मरण गर्नुपर्छ’
उनले पात्र हेरेर होइन आफूले यो देशका लागि के गर्ने भनेर सोच्यौँ भने बल्ल मुलुक बदल्न सक्छौँ । शारीरिक श्रमलाई हेर्ने दृष्टिकोण सकारात्मक जबसम्म हुँदैन तबसम्म युवा विदेशिन नछोड्ने बताए । सम्मेलनमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, पूर्वमन्त्री विन्दमान विष्टले युवालाई रोजगार केन्द्रित गर्ने योजना छनोटमा सरकारले प्राथमिकता दिएको बताए ।