Loading... आजः बुधबार, असार ११, २०८२
Trending

नारायण पूर्ण खोप सुनिश्चितता घोषणा


दैलेख  :   दैलेखको नारायण नगरपालिका पूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणा गरिएको छ । एक कार्यक्रम बिच स्थानीय स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नगरपालिकाले घोषणा गरेको हो ।
नारायणका ११ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चिता भएपछि पूर्ण खोपयुक्त सुनिश्चिता नगरपालिका घोषणा गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले जानकारी दिए । २३ महिना मुनिका बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोे उनले बताए । उनले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले लगाएको खोप सुनिश्चिता भएपछि पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।
नारायण नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणाले कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न महत्वपुर्ण भूमिका खेल्ने स्वास्थ्य सेबा कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए । सबै वडामा रहेका बालबालिकाहरुको खोजी गरी खोपको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा ल्याउनुपर्ने नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले जानकारी दिए । उनले पूर्ण खोप युक्त नगरपालिका घोषणा गर्न स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताए । नगरपालिकाले सबै बालबालिकाले पूर्ण खोप पाएकोले सुनिश्चिता सहित ११ वटै लाईलाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।