हत्या अभियोगमा दुई जना पक्राउ

दैलेख : भैरवी गाउँपालिका ६ हमाल टोल बस्ने ४९ वर्षीय रामबहादुर हमालको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४७ वर्षीय कुलबहादुर सिंह र २१ वर्षीय सुरेन्द्र सिंह रहेका छन् ।
जग्गा सम्बन्धी विषयलाई लिएर गए राति कुटपिट गर्दा गम्भीर घाइते भएका रामबहादुरको कर्णाली प्रदेश अस्पताल कालागाउँ उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो । मृत्यु भएको खवर पाउन साथ प्रहरी चौकी पानी पोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।