Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

कर्णाली नदि तीरमा विपद सम्बन्धि कृत्रिम नमुुना अभ्यास


दैलेख :  विपदको तयारी हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ गुराँस गाउँपालिका –२ मा रहेको तल्लोडुङ्गेश्र कर्णाली नदिको तीरमा मनसुनजन्य विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी कृत्रिम घटनाको नमुना अभ्यास प्रर्दशन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी दैलेख, गराँस गाउँपालिकाको समन्वय जिल्ला विपद ब्यबस्थापन समितिको आयोजनामा नमुना अभ्यास गरिएको छ ।
नमुना अभ्यासमा गर्मीको समयमा हुने आगलागी, बर्षातको समयमा हुने बाढीपहिरो,नदिमामा फसेको नागरिकको उद्धारका लागी कसरी समन्वय गर्न सकिन्छ भन्ने विषय उल्लेख गरिएको थियो ।
कृत्रिम घटना नमुना अभ्यास कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले बिपदको समयमा उद्धार कसरी गर्ने भन्ने विषयमा आम नागरिकलाई सचेतना जागाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए । उनले विपदको समयमा अपनाउनु पर्ने सावधानी, उद्धार,त्यसको उपचार लगायतका विषयमा कुन कुन निकाय संग समन्वय गर्ने विषयमा नमुना अभ्यास गरिएको बताए । उनले भने लोहोरे खोला र कर्णाली नदि तीरमा नागरिकहरुको बसोबाँस गरिरहेको र कहिले काँही त्यस्तो घटना घटेको सयमा कसरी समन्वय गर्ने भनेर प्रर्दशन गरिएको छ ।

दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद ब्यबस्थापन समितिका संयोजक बद्रिनाथ गैरेले विपद भनेको जुनसुकै समयमा आउने भएकाले पहिला नै सजगता अपनाउन नागरिकलाई अनुरोध गरे । उनले विपदको समयमा नागरिकले खेल्नु पर्ने भुमिकालाई भाषणमो माध्यम भन्दा पनि नमुना अभ्यास गरेर सिकाईएको बताए । उनले भने जिल्ला विपद ब्यबस्थापन समितिले यहाँका नागरिकलाई सचेतना जगाउने र विपदको समयमा कसरी उद्धार गर्न सकिन्छ भनेर नमुना अभ्यासको प्रर्दशन गरिएको हो । बाढी पहिरोमा परेका नागरिकलाई कसरी तत्काल उद्धार गर्न सकिन्छ त्यसै गरी नदिमा बगेको नागरिकको कसरी उद्धार गर्ने,उपचारका लागी सम्बन्धित निकायमा कसरी पठाउने, तत्काल प्रथामिक उपचार कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

गुराँस गाउँपालिका–२ का श्याम बहादुर रावतले जिल्ला विपद ब्यबस्थापन समितिले पहिलो पटक विपद बाट जोगिनका लागी तल्लोडगेश्वरमा नमुना अभ्यास गरिएको बताए । उनले विपदको ठुलो जोखिममा रहेका यहाँका नागरिकलाई सचेतना जगाउने कार्यमा नमुना अभ्यासले सहयोग पुग्ने बताए । उनले भने बाढी पहिरो र बर्षातको समयमा नागरिकलाई जोगाउने अपाउनु पर्ने उपायाका विषमा आफुहरुलाई जानकारी पाइयो । मनसुनजन्य विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी कृत्रिम घटनाको नमुना अभ्यास प्रर्दशन नेपाली सेना र नेपाल प्रहरीले प्रर्दशन गरेका थिए ।