कृषि बजार केन्द्र र कोल्ड सेण्टर उद्घाटन

दैलेख : कर्णाली प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बिनोदकुमार शाहले दैलेख सदरमुकाममा दुई फरक फरक ठाउँमा एकीकृत कृषि बजार केन्द्र र कोल्ड सेण्टरको विधिवत रुपमा उद्घाटन गरेका छन । । छात्रबास नजिक चल्ली डाँडामा एक करोड भन्दा बढी निर्माण गरिएको कृषकहरुका उत्पादनहरु तरकारी, अन्न, फलफूल संकलन गरी बिक्री गर्न सजिलोको लागि बनाइएको आधुनिक एकीकृत कृषि बजार केन्द्र र गणेशचोक नजिक रहेका कोल्ड सेण्टर एकै दिन उद्दघाटन गरेका हुन ।
एकिकृत कृषि बजार केन्द्रको उद्दघाटनमा बोल्दै मन्त्री शाहले कृषकले उत्पादन गरेको बस्तुको बजारीकरणका लागी उद्योग बाणिज्य संघले पहल गर्नु पर्ने बताए । उनले स्थानीय कृषि उत्पादनलाई बढावा दिने र त्यसको बजारीकरणका लागी सबैको भुमिका महत्वपूण हुने बताए । उनले कर्णाली प्रदेश सरकारले कृषिका क्षेत्रमा धेरै काम गरेको चर्चा गर्दै किसानलाई प्रदेश सरकार भएको अनुभुती समेत दिलाएको बताए ।
नारायण नगरपालिकाका मेयर लोमन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका कामु सचिव पर्शुराम रावत, कृषि क्षेत्र विकास कार्यक्रमका निर्देशक बासुदेव काफ्ले, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र थापा लगायतका आफ्नो धारणा राखेका थिए ।