लागु औषध सहित दुई जना पक्राउ

दैलेख . जिल्ला प्रहरी कार्यालय दैलेखले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाका आधारमा नारायण नगरपालिका–८ ठालुडाँडा बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी देवीराम भण्डारीले नारायण नगरपालिका–८का ४० को सुरेन्द्र बहादुर थापा र नारायण नगरपालिका २ का ३१ वर्षिय दिपक कुमार थापालाई पक्राउ गरिएको जानकारी दिए ।उनका अनुसार ट्रमाडोलका पत्ता फेला परेको थियो ।