Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

स्थानीय तहका कर्मचारीहरु काम रोकेर आन्दोलनमा

सुर्खेत : कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारीहरु काम रोकेर आन्दोलनमा होमिएका छन् । कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को विधेयकमा संसोधनको माग गर्दै वीरेन्द्रनगर झरेका कर्मचारीहरूले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी धर्ना शुरू गरेका हुन् ।

कर्णालीका प्रदेश स्थानीय तहका कर्मचारीहरु आर्थिक वर्षको अन्तिम सयममा आन्दोलनमा उत्रिदा सेवा प्रवाहमा समस्या भएको छ । कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को विधेयकमा असन्तुष्टि जनाउँदै यसअघि पनि कर्मचारीहरू आन्दोलन उत्रिएका थिए । एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायत १४ वुदा विधेयकमा समावेश रहेकाले संधोधनको गरिनुपर्ने कर्मचारीको माग छ ।

कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को संशोधन विद्येयक संंसोधनमा जुन माग गरेका थियौं त्यसको निरन्तरता नदिएर बिचौलियको माध्यमबाट ऐन ल्याउन खोजिएको कारणले आन्दोलन गर्नु परेको स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेशका सह–संयोजक ओमप्रकाश नेपालीले बताएका छन् । भूगोल नराखेर कसरी बढुवा गर्ने भन्ने बिषयमा अहिले पनि अन्यौलता रहेको छ, उनले भने, ऐनमा केही बाझिएका बिषयहरु रहेका छन् । त्यसलाई संसोधन हुन जरुरी छ ।