सुर्खेत विमानस्थल दुई दिन बन्द रहने

सुर्खेत : कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थल दुई दिन बन्द हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण सुर्खेत कार्यालयका अनुसार मंगलबार र बुधबार विमानस्थल पूर्णरुपमा बन्द रहनेछ ।
रन–वेको ०.२ तर्फको साइटमा कालोपत्रे चर्किन थालेकाले मर्मतका लागि दुई दिन विमानस्थल बन्द गर्न लागिएको सुर्खेत विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए । उनले विमानस्थल मर्मतका लागि निर्माण सामग्रीहरु साइटमा आइसकेकाले दुई दिनभित्रै काम सम्पन्न गर्ने गरेर तयारी थालिएको बताए ।


