Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

बिमा विपद्को साथी हो : मुख्यमन्त्री कडेल

सुर्खेत :  कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बीमा विपद्को साथी भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै कर्णाली प्रदेशमा उच्च जोखिम रहेकाले बिमा कम्पनीहरूले जनताको विश्वास जितेर विपद्को समयमा साथीको भूमिका खेल्नु पर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।
बीमा कम्पनी प्रति जनताको अविश्वास रहेकाले बीमा प्रतिको विश्वास बढाउने गरि बीमा कम्पनीहरुले काम गर्नु कुरामा जोड दिनु आजको आवश्यकता भएको मुख्यमन्त्री कँडेलको भनाई थियो । बीमा क्षेत्रको पहुँच कर्णाली प्रदेशका सबै पालिकासम्म विस्तार गर्ने तिर ध्यान दिन मुख्यमन्त्री कँडेलले आग्रह गरे ।

 

मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिक रूपमा विकट र विपद्को जोखिममा रहेको क्षेत्रमा बीमा सेवाको पहुँच जीवनरक्षक सावित हुन सक्ने भन्दै यस क्षेत्रका जनताको जीवनस्तर उकास्न बीमा क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । “जनताको विपद्को साथी बन्न बीमा क्षेत्रले अझ बढी उत्तरदायी बन्नुपर्छ,” उनले भने, “कर्णाली प्रदेशका हरेक पालिकामा बीमा सेवा पुर्‍याउने दिशामा प्राधिकरणले पहल गर्नुपर्छ । केवल बीमा सुगम जिल्लामा मात्र केन्द्रित नभई दुर्गम जिल्लामा समेत सेवा विस्तार गर्ने कुरामा दिन ध्यान दिनु पर्ने मुख्यमन्त्री कँडेलको जोड थियो ।

कर्णालीमा स्वास्थ्य, कृषि, पशुपालन, आवास, तथा विपद् बीमा जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न नेपाल बीमा प्राधिकरणलाई मुख्यमन्त्री कँडेलले अनुरोध गरे । कर्णाली सरकारले अन्य प्रदेशलाई सिको गर्न सक्ने गरी सामूहिक जोखिम बिमा र निजी घर बिमा जस्ता कार्यक्रम अघि बढेको मुख्यमन्त्री कँडेलले बताए । मुख्यमन्त्री कँडेलले बीमा प्राधिकरणको वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै निकट भविष्यमा बीमा सेवा कर्णालीका घरघरमा पुग्ने विश्वास व्यक्त गरे।