कर्णाली प्रदेशको बेरुजु ४५ करोड ९४ लाख ८२ हजार

सुर्खेत : महालेखापरीक्षकको कार्यालयको कर्णाली प्रदेशको सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख यज्ञराज जोशी सामु बुझाएको छ । कर्णाली प्रदेशका निकाय तथा कार्यालयको आर्थिक वर्ष २०८०।८१ को विनियोजन, राजस्व, धरौटी, र अन्य कोष तथा बक्यौतासमेत लेखापरीक्षण सम्पन्न गरी प्रतिवेदन कार्यालयका नायव महालेखापरीक्षक रामप्रकाश महतोमार्फत प्रदेश प्रमुख समक्ष पेश गरिएको हो ।
कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८०÷०८१ मा एक ४० कार्यालयको ३७ अर्व ५८ करोड ६६ लाख ९९ हजारको लेखापरीक्षण सम्पन्न गरिएको मध्ये प्रदेश मन्त्रालय तथा निकायतर्फ एक सय २८ कार्यालयको ३० अर्व ५ करोड ४० लाख ३४ हजार, समिति र अन्य संस्थातर्फ १२ संस्थाको ७ अर्व ५३ करोड २६ लाख ६५ हजार रहेको छ ।
लेखापरीक्षणबाट कुल वेरुजु ४५ करोड ९४ लाख ८२ हजार कायम भएको छ । त्यसमध्ये प्रदेश सरकारी कार्यालयको ३४ करोड ९९ लाख २० हजार र समिति तथा अन्य संस्थाको १० करोड ९५ लाख ६२ हजार रहेको छ ।