कर्णालीमा ‘छोरी सम्मेलनको तयारी पुरा

सुर्खेत : सुर्खेतमा शनिबारबाट तिन दिनसम्म ‘कर्णाली छोरी सम्मेलन– २०८२ को तयारी सम्पन्न भएको छ । श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा बैशाख २७, २८ र २९ सम्म त्रिदिवसीय ‘कर्णाली छोरी सम्मेलन– २०८२का लागी आवश्यक तयारी पुरा भएको फाण्डेशनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सवल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको निर्माण र विकासमा सघाउ पु¥याउने उद्देश्यले उक्त सम्मेलन गर्न लागिएको बताइएको छ ।
कर्णालीका छोरीहरूलाई आफ्नो हक र अधिकार बोध गराउने र तिनीहरूको जीवन रूपान्तरणको माध्यमबाट कर्णालीको समुज्ज्वल भविष्यको चित्र कोर्ने अभिप्रायले आयोजना हुन लागेको यस सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहबाट २÷२ जना प्रतिनिधिहरू तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाटथप दुई दुईजना गरि करिब २०० जना छोरीहरूको सहभागिता रहने आयोजक श्री ज्योती फाउण्डेसनका अध्यक्ष ज्योती कटुवालले जानकारी दिइन । उनका अनुसार सम्मेलन अवधीभर छोरीका मनका कुरा शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाईहरू सुनाउने, सिर्जनशील छोरीहरूलाई उनको प्रतिभा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिनेछ ।