उबासंघको चुनावमा ५५८ मत खस्यो

अमृत प्याकुरेल
दैलेख : दैलेख उद्योग बाणिज्य संघको आज भएको मतदानमा ५५८ मत खसेको छ । कुल ६१३ मतदाता मध्ये उक्त संख्यामा मत खसेको हो ।
साँझ ७ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिले जानकारी दिएको छ । नरेन्द्रबहादुर थापा र राजेशकुमार हमाल अध्यक्ष पदका प्रत्यासी रहेका छन ।
दैलेख उद्योग बाणिज्य संघको विधानले सदस्यहरुबाट उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा आन्तरिक चुनावबाट चुनिने व्यवस्था छ ।