Loading... आजः शनिबार, बैशाख ६, २०८२
Trending

दलित विपन्नलाई सुधारिएको चुलो वितरण


दैलेख  :   आर्थिक अबस्था कमजोर भएका गुराँस गाउँपालिकाका दलित विपन्लाई सुधारिएको चुलो वितरण गरिएको छ । गुराँस गाउँपालिकाको उर्जा शाखा मार्फत एक सय घरधुरीलाई सुधारिएको चुलो वितरण गरेको गाउँपालिकाले जानकारी दिएको छ । जंगल कम भएको र दाउँरा समेत नपाउने समस्या भएका वडाका दलित र अतिविपन्नलाई सुधारिएको चुलो वितरण गरिएको जनाइएको छ ।
गुराँुस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले परम्परागत चुलोका कारण स्वाथ्यमा असर गर्ने र दाउरा कम पाउने भएपछि निशुल्क सुधारिएको चुलो वितरण गरेको बताए । उनले दाउरा कम लाग्ने र धुवाँ नियन्त्रण हुने भएपछि दलित विपन्न परिवारलाई चुलो विरतण गरेको बताए । उनले सुधारिएको चुलोको प्रयोगले दाउरा प्रयोगमा कमि भई दाउरा जम्मा गर्न लाग्ने समय र श्रम, खर्चमा समेत कमि ल्याउन उद्देश्य गाउँपालिकाले लिएको छ । चुलो प्रयोगले धुवाँमा हुने हानिकारक कण र ग्यासको मात्रा धेरै हदसम्म घट्ने भएकाले दम, खोकी, निमोनीया, क्यान्सर, स्वाशप्रस्वास, फोक्सोका रोग, मुटु रोग,आँखा चिलाउने, मोतीबिन्दु र टाउको दुख्ने रोगबाट पनि बच्नका लागी पनि सुधाररिएको चुलो प्रभावकारी हुने गाउँपालिका अध्यक्षको भनाइछ । पहिलो चरणमा नगरपालिकाको ३ र ५ वडाका दलित र अति बिपन्न लाई पहिलो चरण चुलो वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गुराँस गाउँपालिका–३ की सपना दमाईले सुधारीएको चुलोले अव आफुलाइ सहयोग हुने बताइन । उनले सुधारिएको चुलो नहुँदा धेरै दाउरा लाग्ने र दाउँरा समेत कम पाउने समस्याले यहाँका अधिकाँस महिलाहरुले सास्ती पेप्नु परेको बताउँदै कम दाउरा लाग्ने चुलो पाएपछि आफुहरुलाई सहज हुने बताइन । उनले थोरै दाउरामा छिट्टै खाना पान्ने भएकाले समय र दाउराको बचत समेत हुनेछ ।
सुधारिएको चुलो पाएपछि आफुहरुलाई कामको बोझ समेत हुने गुराँस गाउँपालिका–५ की रञ्चिता नेपालीले बताइन । उनले जंगल नजिक नभएका कारण दिनभरी एक भारी दाउँरा ल्याउदा दुई देखी तीन दिन मात्र हुने समस्याले आफुहरुले सास्ती खेप्नु परेको अबस्थामा सुधारिएको चुलोमा कम दाउरा लाग्ने भएका कारण आफुहरुलाई सहज हुने बताइन । । उनले वडामा ५० जना दलित विपन्नले चुलो पाएको बताइन ।