Loading... आजः शनिबार, बैशाख ६, २०८२
Trending

गणतन्त्रको पक्षमा एमालेको बृहद प्रर्दशन


कमल शर्मा
दैलेख  :   नेकपा (एमाले) दैलेखले गणतन्त्रको पक्षमा बृहद प्रर्दशन गरेको छ । संघिय लोकतान्त्रीक गणतन्त्रको सस्थागत बिकास गरौँ प्रतिगामी तत्वलाई परास्त गरौँ भन्ने मुल नाराका साथ दैलेख सदरमुकाममा प्रर्दशन गरेको हो । चैत १५ गते काठमाण्डौमा राजाबादीले गरेको बिरोध प्रर्दशनका क्रममा दुई जनाको मुत्यु संगै संचारमाध्यम र विभिन्न घरानामा आगजानी गरेपछि त्यसका बिरुद्ध आफुरुले गणतन्त्रपक्षमा प्रर्दशन गरेको नेकपा एमाले दैलेखले जानकारी दिएको छ ।

नेकपा (एमाले)का केन्द्रिय सदस्य दैलेख इन्र्जाच एवम पूर्व संबिधान सभा सदस्य लक्ष्मीप्रसाद पोखरेलले संबिधान सभा संबिधान निर्माण भई मुलुक संघिय लोकतान्त्रीक गणतन्त्रको सस्थागत गर्नेक्रममा रहेको अबस्थामा जनतामा बितृष्णा जगाउने ,भडकाउने जस्ता कार्य गरी संबिधाननै सखाप पार्ने षडयन्त्र बिरुद्ध नेकपा एमालेले गणतन्त्रको पक्षमा प्रर्दशन गरेको बताए । उनले नेकपा एमाले संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षा गर्न सधै अग्रसर रहेको बताउँदै गणतन्त्रका पक्षमा रहेका दलहरु एकजुट हुनुपर्ने बेला आएका बताए । उनले भने लोकतान्त्रीक गणतन्त्रमा सबैले बिचार राख्न पाइने र प्रर्दशन गर्ने पाइने ब्यबस्था भएकोमा त्यसको दुरुपयोग गर्दै राजाबादीहरु पुन सल्बलाएका छन ।

नेकपा (एमाले)का केन्द्रिय सदस्य एवम पुर्ब सबिधान सभा सदस्य राज बहादुर बुढाले अहिले पनि बंशका आधारमा ब्याज खाने प्रबृतिका बिरुद्ध एकताबद्ध हुनुपर्ने बताए । उनले नेपाली जनताको त्याग र बलिदान बाट प्राप्त भएको संघिय लोकतान्त्रीक गणतन्त्रलाई कसैले आन्दोलन गरेकै भरमा राजा आउँछन भन्ने कुरा दिवा सपना भएको बताए उनले भने राजाले राजनिति गर्न खोजेको भए निर्वाचन बाट बहुमत ल्याएर आउनुहोस ।

नेकपा (एमाले) केन्द्रिय सदस्य मिनासिह रखालले संघिय लोकतान्त्रीक गणतन्त्रमा जनताको छोरा राष्ट्रपति हुन पाउने ब्यबस्था फालेर राजा ल्याउने अभियानमा लाग्नेलाई कानुनी कार्वाही गर्न माग गरिन । उनले गणतन्त्रले समानुपातिक समाबेशीको सुनिश्चिता गरेको बताउँदै त्यसलाई मास्न खोस्ने तत्वलाई परास्त गर्न सबै गणतन्त्रबादी दलहरु एक ठाउँमा आउनु पर्ने बताइन । उनले भनिन संघिय लोकतान्त्रीक गणतन्त्रमा निर्वाचन लडेर आउने ब्यबस्थाको फाइदा राप्रपा नेपाल लिएर सघिय संसदमा राजाबादी यहाँ छौँ भनेर घुर्की लगाउने कार्य तत्काल बन्दगर्नुपर्दछ ।

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिका उपसचिव एवम निर्वतमान प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्माले राजालाई निर्मल निवासमा बस्न दिएको कुरा कम्जोरी नठान्न आग्रह गरे । उनले हामीले हिजो राजालाई निर्मल निवास बस्न पठाएको छौँ पुन राजतन्त्रका पक्षमा लागेको खण्डमा निर्मल निवास बाट जनताले लखेटनु पर्ने अबस्था आउने चेतावनी दिए । उनले भने हामी राजालाई पुर्ब राजाकै रुपमा बस्न आग्रह गछौँ ।

नेकपा (एमाले) दैलेखका अध्यक्ष सुर्य बहादुर शाहीले दैलेखका ११ वटै पालिकाका ९० वटै वडामा गणतन्त्रको पक्षमा प्रर्दशन गर्ने गरी कार्यक्रम तयारी गरेको बताए ।