तीन वर्ष सम्म ज्याला पाएन्न कामदारले
कमल शर्मा
दैलेख : बिहान बेलुका घरको काम गर्न पाउँने भएपछि दुल्लु नगरपालिका–१३ की गंगा रावतले घर नजिकै निर्माण हुन लागेको छिम्छाखोला प्युसे सिचाई कुलो निर्माणमा दुई महिना काम गरिन । छोरा छोरीको पढाई र घर खर्च चलाउन काम गरेकी उनले आयोजना निर्माण सम्पन्न भएको तनि वर्ष देती ज्याला पाएकी छैनन । २०७९ सालमा १५ लाख लागतमा सिचाई कुलो निर्माण भएपनि अहिले सम्म कामदारले ज्याला नपाउँदा अहिले विभिन्न अड्डामा धाउन बाध्य भएका छन । उनी मात्र होईन त्यहा काम गर्ने ७० जनाले ज्याला नपाएको उनको भनाइछ ।
उनी जस्तै चक्र बहादुर शाहीले आफुले दिनभरी काम गरेको दुई महिनाको ज्याला नपाएको गुनासो गरे । योजना सम्पन्न भएको तीन वर्ष पुगेपनि अहिले सम्म सिचाई कुलो निर्माण उपभोक्ता समिति, वडा कार्यालय र नगरपालिकामा जाँदा समेत ज्याला पाउन नसकेपछि आफुहरु बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा समेत गएर ज्यालाका निबेदन दिएको बताए । उनले आफुहरुले काम गरेको ज्याला दिन पटक–पटक आग्रह गर्दा समेत ज्याला पाउन नसकेको बताए ।
प्रदेश सासद विकास बाट १५ लाख रुपिँया बिनियोजन गरी निर्माण गरेको सिचाई कुलो निर्माण बाट ९७ घरधुरीका किसानको खेतवारी सिर्चाइ गर्ने उद्देश्यले निर्माण गरिएपनि एकल ब्यक्तिका नाममा मात्र योजना निर्माण गरेको भन्दै अख्तियारमा उजुरी समेत परेपछि आफुहरुले काम गरेको ज्याला पाउन नसकेको कामदारहरुले बताएका छन ।
दुल्लु नगरपालिका–१३ का वडाध्यक्ष लाल बहादुर शाहीले छिम्छा खोला प्युसे सिचाई कुलो निर्माण पश्चात नगरपालिकाका उपप्रमुख, प्रशासकीय अधिकृतले योजनाको अनुगमन गरी भुक्तानीका लागी सिफारिस गरेको भएपनि अन्तीममा एक घरका लागी मात्र योजना निर्माण गरेको भन्दै अख्तियारमा समेत मुद्धा परेको आफुलाई जानकारी पाएको बताए । उनले कामदार,निर्माण उपभोक्ता समिति र सामाग्री दिने ब्यबसायीले रकम पाउँन नसक्दा ठुलो समस्या आएको बताए । उनले भने अख्तियारमा मुद्धा परेपनि तीन वर्षमा सम्म कुनै टुगो लागेको नलागेको नगरपालिकाले आफुलाई जानकारी दिएको छैन । तीन वर्ष देखी कामदारले पैसा नपाएपछि वडाको पहलमा सबैलाई बोलाएर छलफल गर्ने तयारी वडा कार्यालयले गरेको वडाध्यक्ष शाहीको भनाइछ ।
दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक बिकले छिम्छाखोला प्युसे सिचाई कुलो निर्माण बाट ९७ घरधुरी लाभाम्वित हुने भनेर योजना सम्झौता गरेको भएपनि अनुगमनमा जाँदा एक जना ब्यक्तिको घट्टेकुलो निर्माण गरेपछि अघिल्लो प्रमुख प्रशासकीय अधिकृतले नै भुक्तानी रोकेका कारण आफुले भुक्तानी दिन नसकेको बताए । उनले राज्यको पैसा एक जना ब्यक्तिका लागी मात्र प्रयोग गर्न नपाइने ब्यबस्था भएको र पछि अख्तियारमा उजुरी गरेपछि आफुहरुले भुक्तानी दिन नसकेको बताए । उनले भने एक जना प्रशासकीय अधिकृतले भुक्तानी दिन रोकेको कुरा अर्को प्रशासकीय अधिकृतले भुक्तानी दिन मिल्दैन । अख्तियारमा उजुरी परेपछि दुल्लु नगरपालिकाले सिचाई कुलो निर्माण भएको स्थानमा प्राविधिक समेत पठाएर त्यसको वास्तविक प्रतिबेदन तयार गरेको र त्यसमा ९७ घरधुरी लाभाम्वित हुने भनिए पनि एक जनाको घट्टेकुलो निर्माण गरिएको पाइएको त्यहाँका प्राविधिकले बताएका छन ।
ज्याला नपाए पछि जिल्ला प्रशासन पुगेका कामदारलाई जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले आफुहरुले वास्तविक कुरा पत्ता लगाए सम्बन्धित सरोकारवाला निकाय संग समन्वय गरेर ज्याला उपलब्ध गराउने कामदारलाई बताएका थिए ।