चामुण्डा प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुदै
दैलेख : चामुण्डा प्रिमियर लिग क्रिकेट प्रतिगोगिता हुने भएको छ । चामुण्डा बिन्द्रासैनी स्पोटर््स एकेडेमीको आयोजनामा अन्तरपालिका स्तरीय चामुण्डा प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुन लागेको हो । चैत १५ गते देखी १९ गते सम्म बिन्द्रासैनी खेलमैदानमा १२ औँ ओभरको प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको चामुण्डा बिन्द्रासैनी स्पोटर््स एकेडेमीले जानकारी दिएको छ ।
चामुण्डाबिन्द्रासैनी स्पोर्टस एकेडेमिका अध्यक्ष दशरथ कुमार शाहीले प्रतियोगितामा सहभागी भई प्रथम हुने क्रिकेट टिमलाई ७१ हजार एक सय ७१ द्धितीय हुने टिमलाई ४१ हजार १४१,तृतिय हुने टिमलाई २१ हजार १२१ र सान्तवना टिमलाई ११ हजार १११ रुपियाँ पुरस्कार राशी ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्ने बताए । । उनले दैलेखमा पहिलो पटक ठुलो राशीको क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार करिव ६ लाख २० हजार खर्च अनुमान गरिएको क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा बडिमालिका निमार्ण सेवा, विरेन्द्रनगर सुर्खेत , चामुण्डा विन्द्रासैनी नगरपालिका कर्णाली मेगा इन्जिनियरिङ्ग ल्याबोरेटरी प्रा.लि. सुर्खेत, सफल निमार्ण सेवा नेपालगञ्ज, सुशान्त निर्माण सेवा, सुर्खेत को सहकार्य रहेका छ ।