Loading... आजः आइतवार, कार्तिक २, २०८३
Trending

प्रदेश अस्पताललाई प्राज्ञिक केन्द्र बनाउन उच्चस्तरीय समितिको सुझाव

 


सुर्खेत  :   प्रदेश अस्पताल सुर्खेतको स्तरोन्नति सम्बन्धमा अध्ययन गर्न बनेको उच्चस्तरीय अध्ययन समितिले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल समक्ष अन्तिम प्रतिवेदन बुझाएको छ । प्राडा भगवान् कोइरालाको नेतृत्वमा गठन गरिएको छ सदस्यीय टोलीले आइतबार प्रतिवेदन बुझाएको हो ।

प्रदेश अस्पतालको संस्थागत एवं संरचनात्मक सुधारका विकल्पहरूका लागि कर्णाली प्रदेश सरकारले प्राःडाः कोइरालाको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो । समिति गठन भएको चार महिना लगाएर अन्तिम प्रतिवेदन बुझाएको हो ।जनस्वास्थ्य नियमावली, २०७७को अनुसूची–४ बमोजिमका विशिष्टीकृत स्वास्थ्य सेवा सुचारु गरी प्रदेशमा विद्यमान स्वास्थ्य सेवाको पहुँच र गुणस्तरलाई सुदृढ बनाउनका लागि प्रदेश अस्पताललाई प्रदेशको नेतृत्वदायी अस्पताल र स्वास्थ्य प्राज्ञिक केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको देखिएको समितिका संयोजक प्रा।डा। कोइरालाले बताए ।

प्रदेश अस्पतालबाट हालसम्म सञ्चालन हुन नसकेका विशिष्टीकृत सेवाहरूको प्रवाह हुने र अस्पतालमा अतिरिक्त आयका स्रोतहरूको पहिचान भई आयस्रोत समेत बढाउन सकिने कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए ।‘समितिले दिएको सुझावका आधारमा अगाडी बढ्छौँ,’ उनले भने, ‘प्रदेशको समग्र स्वास्थ्य प्रणालीलाई राष्ट्रियस्तरमा उकास्न स्वास्थ्य क्षेत्रका सुधारका कामका लागि प्रतिवेदनलाई आधार मानेर अगाडी बढ्ने छ ।