नारामा रोजगार,ब्यबहारमा बेरोजगार
कमल शर्मा
दैलेख : भगवतीमाई गाउँपालिका–२ रुमका १९ वर्षिय भुपेन्द्र बिकले कक्षा ७ मा पढदै विद्यालय छोड्े । घरको आर्थिक अबस्थाका कारण विद्यालय छोडेर कालापहाड जाने गरेका उनले गाउँमै रोजगारी पाउने उद्देश्यले बेरोजगार ब्यक्तिको सुचिमा सुचिकृत हुनलाई फर्म भरे । तर उनले दुई आर्थिक बर्ष सम्म कुनै रोजगारी पाउनु भएन । वडामा संचालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम दुबैमा रोजगारी नपाएपछि उनी पुन कालापहाड जान बाध्य भए
उनी जस्तै भगवतीमाई गाउँपालिका–३ का टिकाराम रेग्मीले रोजगारीका लागी वडामा सुचिकृ भए । तर उनले रोजगारी पाउन सकेको छैनन । वडामा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम कमै आउँने र रोजगारका लागी प्रथामिकता नपर्ने भएपछि उनले यो वर्ष वडाले खोलेको बेरोजगार ब्यक्तिको सुचिमा सुचिकृतका लागी फर्म नै भरेनन कामको खोजीमा अन्यमुलुक र भारत जाने युवालाई आफ्नै देशमा रोजगारी दिने आश्वासन दिएर निर्वाचन जितेका जनप्रतिनिधिले युवालाई रोजगारी दिने भन्दा पनि योजना निर्माण गर्दा ठेक्का दिने र डोजर लगाएर काम गर्ने समस्याले युवाहरुले रोजगारी पाउँन नसकेको स्थानीय युवाहरुले बताएका छन । भगवतीमाई गाउँपालिका २ भुपेन्द्र विकले शर्माले स्थानीय सरकार तथा प्रदेश र संघ सरकार बाट संचालन हुने धेरै योजनाहरु ठेक्कामा हुने र युवाले रोजगारी समेत नपाउने समस्या रहेको बताए । उनले ठेकेदारले समेत कामदार बाहीर बाट ल्याउने र यहाँका युवा कामखोज्न भारत लगायतका मुलुकमा जानुपर्ने बाध्यता रहेको बताए ।
भगवीतमाईमाई गाउँपालिका–३ का वडाध्यक्ष मान बहादुर खड्काले गाउँपालिका बाट आउने रोजगारका कार्यक्रम कम आउने समस्याले वडामा रोजगारी दिन नसकेको बताए ।उनले वडामा २० जनाका लागी रोजगार आउने र एक सय ५० जना सुचिकृत हुने समस्याले सबैलाई समेट्न नसकिएको बताए । उनले भने २० जनाको रोजगारी आएको खण्डमा सबैलाई समेट्नका लागी ४० जना सम्म हाल्ने गरेका छौँ । प्रत्येक वर्ष एक भन्दा बढि सुचिकृत हुने गरेको भएपनि प्रथामिकता दिएर रोजगारी दिदा १५ देखी २० जनालाई मात्र रोजगारको कार्यक्रमा जोड्न सकिन्छ ।
भगवतीमाई गाउँपालिकामाआर्थिक वर्ष २०७९÷०८० मा सूचिकृत भएका बेरोजगारको संख्या एक हजार ८ सय छ । जसमा ९ सय ९३ जना महिला र ८ सय७ जना पुरुष रहेका छन् । आर्थिक वर्ष २०८०÷०८१ माभगवतीमाइमा एक हजार ४५ जना बेरोजगार सूचिकृत भएका थिए । उक्त आर्थिक वर्षमा सूचिकृत भएका मध्ये महिला ७ सय ३४ र पुरुष ३ सय ११ रहेका थिए । भगवतीमाई गाउँपालिकाका रोजगार संयोजक बल बहादुर भण्डारीले वडामा सुचिकृत भएका सबैलाई रोजगारी दिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो सुचिकृत भएका सबैलाई रोजगारी दिन सकिने अबस्था छैन हाम्रो पालिकामा श्रमरोजगार बैक मार्फत योजना निर्माण गर्ने कार्यक्रम भएकाले अन्य स्थानीय तह भन्दा बढि रोजगारी पाएका छन ।
भगवतीमाइ गाउँपालिकाका निर्वतमान अध्यक्ष दान बहादुर थापाले आफ्नो पालामा युवाहरुलाई रोजगारीमा जोड्न श्रमरोजगार बैक स्थापना गरी ककाम सुरु गरिएको भएपनि अहिले त्यसको प्रभावकारी रुपमा संचालन हुन नसक्दा युवाहरु बिदेशनी पर्ने बाध्यतामा रहेको बताउनुभयो । उहाँले आफ्नो पालामा युवाहरुलाई आवश्यक पर्ने सिप,सामुहिक तरकारी खेती उत्पादन, बाझो जमिनको सुदपयोग, बाख्रा स्रोत केन्द्र लगायतका क्षेत्रमा धेरै ठुलो काम गरेका थियौँ जिल्लाका ११ स्थानीय सरकारका रोजगार शाखाले संकलन गरेको सुचिकृत बेरोजगारको संख्या आर्थिक बर्ष २०७९÷२०८० मा २६ हजार ४३० रहेको पाइएको छ । त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा ३३ हजार ५२ जनाले बेरोजगारीको फर्म भरी सुचिकृत गरेपनि कति जनाले रोजगारी पाए भन्ने एकिन डाटा स्थानीय तहले समेत दिन सकेको छैनन ।
डुंगेश्वर गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० र २०८०÷२०८१ मा गरी छ हजार १३ जनाले बेरोजगार भएको भनेर बेरोजगार सुचिकृत भएका थिए । त्यस मध्ये तर दुई वर्षमा पाँच सय २० जनाले मात्र रोजगारी पाए । गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले सङ्घीय सरकारको मापदण्ड अनुसार सूचिकृत भएकामध्ये विनियोजित बजेटका आधारमा एक जनालाई एक सय दिनको रोजगारी दिने भनेपनि यहाँको ब्यबहारिकता हेरी रोजगारीमा समाबेश गर्ने गरेको बताउनुभयो । उहाँले भन्नभयो एक जनालाई एक सय दिन रोजगारी दिँदा अन्य खाली बस्नु भन्दा नाम एक जनाको राख्ने काम तीन जनाले सम्म गर्ने गरेका छन । स्थानीय युवालाई रोजगारी दिने नारा दिएको भएपनि स्थानीय तहमा उपलब्ध हुने बजेट, आन्तरिक राजश्व, लगायतका समस्याले योजना निर्माण गर्न नसक्दा पनि रोजगारी दिन नसकिएको अध्यक्ष केसीको भनाइछ ।
त्यस्तै नौमूले गाउँपालिकामा दुई आर्थिक बर्षमा आठ हजार ५६४ जना महावु गाउँपालिकामा चार हजार चार जना, भैरवी गाउँपालिकामा चार हजार ४३६ जना, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पाँच हजार ७७० जना,ठाटिकाँध गाउँपालिकामा पाँच हजार ७०० जना,आठबिस नगरपालिकामा दुई हजार एक सय ९१ जना नारायण नगरपालिकामा पाँच हजार १८१ जना बेरोजगार सुचिमा सुचिकत भएका छन । त्यस्तै जनसंख्या र क्षेत्रफलका हिसावले सबै भन्दा ठुलो नगरपालिका रहेको दुल्लु नगरपालिकामा एक सय ६९ जना मात्र आर्थिक बर्ष २०७९÷२८० मा सुचिकृत भएको पाइएको छ । आर्थिक बर्ष २०८०÷२०८१ मा भने तीन हजार ३२२ जना सुचिकृत भएका छन । त्रिुभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा स्थानीय शासन बिज्ञ दिपेश घिमिरेले स्थानीय सरकारले रोजगारी केन्द्रित योजना निर्माण गर्न नसकेको बताए । उनले घर आगनका सरकारले समेत युवा तथा लक्षित समुदायलाई रोजगारी दिन नसकेकै कारण गाउँमा बसाईसराई संगै युवाहरु बिदेश पलयान हुने समस्या रहेको बताए । उनले भने स्थानीय तहका जनप्रतिनिधिलाई विकास भनेकै सडक,पूर्वाधार बाहेक सामाजिक विकासका काम नगर्नु र त्यस तर्फ ध्यान दिन नसक्नु कमजोरी हो ।