Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

तथ्य र निश्पक्ष कलम चलाउन जरूरी :  मुख्यमन्त्री कँडेल

सुर्खेत :  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारले तथ्यमा आधारित उत्साहित हुने विषयमा कलम चलाउनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ कर्णालीले प्रदेशका पत्रकार महिलाहरूको लागि गरेको तिन दिने तालिमको उद्घाटनमा उनले प्रदेश सरकारले पत्रकारका लागि ल्याएका कार्यक्रमलाई सदुपयोग गर्नुपर्ने सुझाव दिए ।

कर्णाली प्रदेशको आमसञ्चार विधेयक प्रति लक्षित गर्दै उनले अधिकारको लागि भन्दा हैसियत र संरचनामा ध्यान जाँदा विधेयक नै विवादित हुँदै गएको बताए । उनले भने, अधिकारका लागि प्रदेश सरकार असहमत छैन।सुविधा र संरचनालाई मितव्ययी बनाऊँ भन्ने उद्देश्य हो ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले कर्णालीको सञ्चारमाध्यमलाई टिकाउनको लागि यहाँकै स्थानीय र प्रदेश सरकारको दायित्व भएकोले नीति बनाएर काम गर्नुपर्ने आवश्यकता भएको बताइन् । पत्रकारको क्षमता अभिवृद्धि र सञ्चार गृहको आर्थिक अवस्था मजबुत बनाउनको लागि प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिइन् । नवीकरणको कामको लागि पत्रकारले काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्नमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताइन् ।