Loading... आजः आइतवार, बैशाख ७, २०८२
Trending

आठवटा झुलुङ्गे पुल निर्माण हुदै


कमल शर्मा
दैलेख  :  दैलेखका चार वटा पालिकामा आठ वटा झुुलुङ्गे पुल निर्माण हुने भएका छन । कर्णाली प्रदेश सरकारको लगानी तथा पुर्वाधार विकास कार्यालय दैलेख र ग्रामीण विकास सेवा केन्द्रको सहजीकरणमा उक्त पुल निर्माण हुने भएका हुन । पूर्वाधार विकास कार्यालयले दिएका जानकारी अनुसार दैलेखको आठबीस नगरपालिका–१ चिनेखोलामा लयाँटा–झुज, वडा नं. ९ को छेपाडी र भकभके भन्ने ठाउँमा एक–एक वटा झोलुङ्गे निर्माण हुनेभएका छन । त्यस्तै महाबु गाउँपालिका–३ बाँसीको तिपेडी, भैरबी गाउँपालिका–४ र चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ जोड्ने गडाजिउला, नारायण नगरपालिका–१० भवानीमा त्रिबेणी दोभान, डुङ्गेश्वर गाउँपालिका–३ हनेटा र ठाँटीकाँधको लहरे सुइँयाँमा गरी आठ वटा पुल निर्माण हुने कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख इन्जिनिएर पदम देवकोटाले विभिन्न स्थानमा आठवठा पुल निर्माण हुने झुलेङ्गे पुल निर्माणका लागी उपभोक्ता समिति निर्माण गरी उनीहरुको क्षमता विकास तालीम समेत संचालन गरिएको बताए । उनले झोलुङ्गे पुल बनाउने तरिका र प्रयोग हुने सामानहरुको प्रयोगात्मक अभ्यास गराउन आठ वटै उपभोक्ता समितिका पदाधिकारी र मिस्त्रिलाई आवश्यक तालीम संचालन गरिएको बताए । उनले भने असार १५ गते सम्म सम्पन्न हुने गरी काम सुरु गरिएको छ ।
ग्रामीण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक नबिन कुमार शर्माले उपभोक्ता समितिका पदाधिकारी,मिस्त्रीलाई झोलुङ्गे पुलका लागि प्रयोग हुने फुटवाक, ह्याण्डमेल स्याडल फलामे लठ्ठा, फलामे लठ्ठा अड्याउन माटो भएकोतिर डेटमेन र ढुङ्गाको चट्टान भेटिएकोतिर ड्रम सेट लठ्ठा बाधेर अड्याउने, लठ्ठा बाँधेर डेटमेन र ड्रम जमिनको सतहमा राखी माथिपट्टि ढुङ्गाको पर्खाल कसरी लगाउने भन्ने विषयमा सिकाइएको बताए । दैलेख जिल्लामा हालसम्म झण्डै दुई सय बढिको संख्यामा झोलुंगे पुल निर्माण गरिएका र अझै धेरै स्थानमा झोलुङ्गे पुलहरु बनाउन स्थानीय समुदायबाट माग भई आउने पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।