निर्दोष दुई बालबालिका कारागारमै

कमल शर्मा
दैलेख : आमा बुवाले गरेको गल्तीका कारण निर्दोष दुई बालबालिका कारागार बस्नु परेको छ । बुवा आमाले बहुविवाह गरेपछि उनीहरू बाट जन्मिएका दुई बालबालिका कारागारमा बस्नु परेको हो । जिल्ला कारागार दैलेखमा दिएको जानकारी अनुसार एक महिला कैदी बन्दी र एक थुनुवा महिलाका बालबालिका आमा सँगै बसेको जिल्ला कारागार दैलेखले जानकारी दिएको छ ।
जिल्ला कारागार कार्यालयका कार्यालय प्रमुख लुना गिरीले बहु विवाह मुद्रामा जिल्ला अदालत बाट फैसला भएका दुई महिला कैदी बन्दीका नावलकहरु आमा सँगै बसेको बताए । उनका अनुसार दुवै बुहबिवाह गर्दा कारागार सम्म पुगेको थिए । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ की खजुरा नेपाली २०८० कात्तिक १ गते थुनामा परेकी थिइन । जिल्ला अदालत दैलेखले बुहबिवाह मुद्रामा एक वर्ष ७ महिना कैद सजाय सुनाएको थियो । उनको एक वर्षको छोरी रहेको छ । उनका श्रीमान् रमेश नेपालीलाई समेत एक वर्ष सात महिना कैद सजाय सुनाएको थियो ।
दुल्लु नगरपालिका–३ की तारा शाही पनि बहुविवाह मुद्रामा २०८१ पुस २९ गते थुनुवा परेकी छिन । उनको २० महिनाको छोरा रहेको छ । प्रहरीले जाहेरीका आधारमा पक्राउ गरी उनका श्रीमान् राजेन्द्र महतलाई पक्राउ गरी जिल्ला अदालत दैलेखमा मुद्दा दर्ता पश्चात् थुनुवाका रूपमा जिल्ला कारागारमा पठाएको छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति नभएपछि आमासँगै राख्न पाउने व्यवस्था अनुसार उनीहरूलाई कारागारमै राखिएको कार्यालय प्रमुख गिरीले जानकारी दिए । उनले बहुविवाह मुद्रामा आएका उनीहरूको सजायको कैद भुत्तान गरिसकेपछि मात्र बालबालिका उनीहरू सँगै घर जाने बताए । जिल्ला अदालत दैलेखमा पाँच वर्षको अवधीमा पाँच सय ९७ मुद्धा दर्ता भएकोमा महिला द्धारा तीन सय ९७ र पुरुष द्धारा दुई सय सम्बन्ध बिच्छेदका मुद्धा अदालतमा दर्ता भएको देखिन्छ ।