एक करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

कमल शर्मा
दैलेख : जिल्लाका पाँच स्थानीय तहका १६ वटा स्वास्थ्य सस्थालाई करिव एक करोड भन्दा बढिको स्वास्थ्य सामाग्री हस्तान्रतण गरिएको छ । स्वास्थ्य सस्थाबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँनुका सागै स्वास्थ्य प्रणाली सुधार गर्ने उद्देश्यले एभरेष्ट क्लवको सहजीकरणमा संचालन भएको पोषण परियोजना मार्फत उक्त सामाग्री हस्तान्तरण गरिएको बताइएको छ ।
एभरेष्ट क्लवका जेसी अधिकृत राम बहादुर बिकले परियोजनाको कार्यक्षेत्र रहेको स्वास्थ्य सस्थाको स्वास्थ्य प्रणालीमा सुधार गर्ने उद्देश्यले उक्त सामाग्री स्थानीय तहको रोहवरमा हस्तान्तरण गरिएको बताए उनले गुराँस गाउँपालिका सेफ्टी आधारभुत स्वास्थ्यकेन्द्र, पुरेनी आधारभुत केन्द्र,लालीकाँडा स्वास्थ्य केन्द्र र धरमपोेखरा स्वास्थ्यकेन्द्र, डुगेश्वर गाउँपालिका डाडाँपराजुल,अवलपराजुल,लाकुरी स्वास्थ्य केन्द्र र भगवतीमाई गाउँपालिका जगनाथ स्वास्थ्य केन्द्र रुम स्वास्थ्यकेन्द्र पुगेर सामाग्री हस्तान्तरण गरिएको बताए ।
त्यस्तै परियोजना संचालन भएको ठाटिकाँध गाउँपालिकाको तोलीजैसी स्वास्थ्यचौकी, प्याडुल्ली आधारभुत स्वास्थ्य केन्द्र,गैरागाउँ स्वास्थ्यकेन्द्र र लकान्द्र आधारभुत अस्पताल, आठबिस नगरपालिका राकमआधारभुत अस्पताल, सिगौडी स्वास्थ्य चौकी,सात्तला र जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई समेत विभिन्न सामाग्री हस्तान्तरण गरिएको अधिकृत विकले जानकारी दिए । उनले भने सेवाग्राहीलाई स्वास्थ्य सेवाको पहुँच बढाउने र गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
परियोजनाले दिएका स्वास्थ्य सामाग्री बुझ्दै भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्री बाट नागरिकले गुणस्तरीय सेवा पाउनेमा आफुहरु विश्वस्त रहेको बताए । उनले स्वास्थ्य सस्थाको आवश्यताका आधारमा सामाग्री आएको भन्दै त्यसको प्रयोग गरी नागरिकलाई प्रभावकारी सेवा दिन स्वास्थ्यकर्मी समेत लाग्नु पर्ने बताए । उनले भने विभिन्न निकाय बाट प्राप्त भएका सामाग्रीहरुको संरक्षण गरी त्यसलाई दिगो बनाउन पर्नेमा सबै जिम्मेवार बन्नुपर्नेछ ।
एभरेष्ट क्लवका सचिव कृष्ण केसीले परियोजना संचालन भएका स्थानीय तहका स्वास्थ्य संस्था संग समन्वय र सहकार्य गरी आवश्यकता आधारमा आवश्यक पर्ने सामाग्री खरिद गरी हस्तान्तरण गरेको बताए । उनले हस्तान्तरण गरिएका सामग्रीको दिगोपनासँगै संरक्षण स्थानीयतह र सम्बन्धित स्वास्थ्य संस्थाले गर्नुपर्ने बताए । उनले भने परियोजनाले दिएको हो नभनी आफ्नै सरकारले दिएको सम्झेर त्यसको सही सदुपयोग गर्नुपर्दछ ।