खोप लगाउँन मान्दैनन राउँटे
कमल शर्मा
दैलेख : २२ गते मंगलवार राउटे समुदायमा नयाँ सदस्य बराहाताल शाहीको जन्म भयो । त्यस भन्दा अगाडी दुई जना किशोर किशोरीको जन्मभयो । तर ती तीनै जना बालबालिकाले लगाउनु पर्ने बिसीजी खोप लगाएनन । उनीहरु मात्र होइन राउटे समुदायका कुनै पनि सदस्यले राज्यले निर्धारण गरेका खोपहरु लगाउँनै नमान्न गरेको पाइएको छ । सरकारले १० वर्ष देखी १४ वर्ष उमेर समुहका किशोरी र महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर बिरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप लगाउने राष्ट्रिय कार्यक्रमको बेला उक्त कुरा बाहीर आएको हो ।
सोसेक नेपाल द्धारा संचालीत राउटे परियोजनाकी अनमी अन्जु पन्तले सरकारले संचालन गर्ने विभिन्न खोप कार्यक्रममा राउटेलाई सहभागी गराउँन प्रयास गरिएपनि सफल हुन नसकेको बताइन । उनले राउटे समुदायका नागरिकहरुले आफुहरुले (सुइ) इन्जेक्सन नलाउने र बरु औषधी खाने भनेर आफुहरुलाई भन्ने गरेको बताइन । अहिले पनि सरकारले संचालन गरेको पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप एचपिभि खोप लगाउने किशोरीहरु (१०–१४) वर्ष उम्मेर समुहका २० जना रहेको भएपनि खोप लगाउन नमानेका कारण बस्तीमा समेत स्वास्थ्यर्की समेत नआएको अनमी पन्तको भनाइछ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका पब्लीकहेल्थ नर्सिङ अधिकृत हरिकला थापाले बालबालिकामा लाग्ने भ्यागुतेरोग, धनुषटंकार, लहरेखोकी,दादुरा,निमोनिया,पोलीयो लगायतका रोग बाट बच्नका लागी बालबालिकालाई खोप लगाउनु पर्ने भएपनि राउटे समुदायकाका बालबालिका खोप बाट बञ्चित भएको आफुलाई पहिलो पटक जानकारी आएको बताइन । उनले सबै बालबालिकालाई पुर्णखोप र अन्य राष्ट्रिय खोप कार्यक्रममा राउटे समुदायलाई सहभागी गराउँन राज्यका जिम्मेवार निकायनै लाग्नु पर्ने बताइन । उनले भनिन्न कोरोना देखी अहिलको एचपिभि खोप कार्यक्रम चलाउँदा समेत राउटे समुदायसम्म पुगेन ।
गुराँस गाउँपालिकाका प्रवत्ता एवम वडा न ८का अध्यक्ष दिपेन्द्र वलीले राउेट समुदायकाका नागरिकलाई राज्य बाट प्राप्त हुने सबै खोपका कार्यक्रममा सहभागी गराउँन गाउँपालिकाले पहल गर्ने बताए । उनले गुराँस गाउँपालिकाले गुराँस –८का अस्थायी परिचयपत्र वितरण गरेपनि उहाँहरुलाई एकै ठाउँमा बसाल्न नसकेका कारण खोपकार्यक्रममा सहभागी गराउँन नसकिएको बताए । राउटे मुखीया सुर्य नारायण शाहीले आफुहरु जंगलमा फिरन्ते जीवन बिताइरहेको र आफुहरुलाई खोप लगाउन आवश्यक नरहेको बताए । उनले हाम्रा पुर्खाले खोप लाएन हामी पनि लाउँदैन हामी बिरामी भएमा औषधी खान्छौँ । हाम्रो जनताले खोप (इन्जक्सन) लगाउँने काम नगर्ने बताए । बीरेन्द्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र गीरीले एचपिभि खोप विद्यालय उम्मेर समुहका किशोरीहरु लाई भएको र विद्यालय स्तरमा खोप लगाउने कार्य भइरहेको बताए । उनले विद्यालयमा भएका किशोरीहरुलाई विद्यालयमा र अन्यलाई खोपकेन्द्रमा खोप लगाउने अभियान चलिरहेको बताइन । उनले भनिन राउटे समुदायका किशोरीहरुका लागी खोप लगाउन सकिने भएपनि उनीहरुलाई खोपकेन्द्र सम्म ल्याउन सहयोगी निकायले सहयोग पु¥याउनुपर्दछ ।
राउटे प्रतिष्ठानकी अध्यक्ष सत्यदेबी अधिकारीले राज्यले निशुल्क रुपमा विभिन्न रोगहरु बाट बचाउँन खोप लगाउने गरेपनि राउटेहरुलाई खोप कार्यक्रमा ल्याउन नसकिएको बताइन । उनले राउटेलाई खोप कार्यक्रममा सहभागी गराउँन सरकारले दिदै आएको सामाजिक सुरक्षाभत्ता रोकेर पनि खोप लगाउन पर्ने बताइन ।