Loading... आजः बिहिबार, असार १२, २०८२
Trending

वन कार्यालयको नवनिर्मित भवनको उद्घाटन


दैलेख  :   डिभिजन बन कार्यालय दैलेखको नवनिर्मित भवन उद्दघाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री सुरेस अधिकारीले उक्त भवनको उद्दघाटन गरेका हुन । भवनको उद्दघाटन गर्दै मन्त्री अधिकारीले भवन निर्माण भए संगै नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने बताए । उनले निर्माणको जिम्मा लिएको एक महिना समय अगावै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यबाद दिए । उनले भने निर्माणको जिम्मा लिएका निर्माण ब्यबसायीले समयमै काम नर्गदा ताकेता गर्नुपर्ने अबस्था रहेको बेला समयमै काम सक्नु राम्रो काम भयो ।

तीन करोड २५ लाख रुपियाँमा लागतमा निर्माण सम्पन्न गर्ने गरी आरबि कन्ट्रक्सन दैलेखले निर्माणको जिम्मा पाएको थियो । २०८० साल असार सम्झौता भएको भवनको निर्माणको एक महिना समय अगाडी नै निर्माण सम्पन्न गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ । निर्माण कम्पनीका प्रोप्राइटर रुपक थापाले निर्माणको समय अवधी एक महिना बाँकी रहदैँ भवन निर्माण गरि हस्तान्तरण गरिएको बताए । उनले भने आरबि कन्ट्रक्सनले निर्माणका जिम्मा पाएका सबै काम निर्माणको समयसिमा भित्र सम्पन्न गर्ने गरेका छौँ ।
डिभिजन बन कार्यालयका सहायक बन अधिकृत बेद प्रसाद ढकालले लामो समयपछि डिभिजन बन कार्यालयले सुविधा सम्पन्न निर्माण भए सगै सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताए । उनले साढे दुई तलाको भवनमा कार्यालय सञ्चालनदेखि ईजलास कक्ष, थुनुवा कक्ष र कार्यालय प्रमुखको आवास पनि बनाईएको छ । ४७ वर्षपछि नयाँ भवनमा कार्यालय सरेपछि कामकार्वाही अँझ सहज हुने बन अधिकृत ढकालले बताए ।