Loading... आजः शुक्रबार, माघ ११, २०८१
Trending

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं  :   पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल÷मट्टितेलको मूल्य बढाएको हो।
निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलरमिट्टितेलमा ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि निगमले मूल्य वृद्धि गरेको जनाएको छ।

यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ पुगेको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ।