दैलेख–सुर्खेतको घट्यो भाँडादर
दैलेख : दैलेख–सुर्खेत चल्ने सार्वजनिक यातायातको भाडादर घटाइएको छ । शनिवार जिल्ला प्रशसान कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति सुर्खेत ,जिल्ला सुरक्षा समिति दैलेख,डिभिजन सडक कार्यालय,यातायात कार्यालय र यातायात ब्यबसायी संगठनका प्रमुखहरुको बैठकले उक्त भाडा घटाएको हो ।
दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सुर्खेत दैलेखको भाडादर बृद्धि भएको गुनासो आएपछि आफुहरुले भाडादर घटाउनका लागी पहल गरेको र त्यसैका आधारमा उक्त निर्णय गरिएको बताए । उनले दैलेख–सुर्खेत,सुर्खेत–दैलेखको भाडादर ६३५ लिइरहेकोमा ५५० रुपियाँ कायम गरिएको र सुर्खेत हुदै दैलेखको भैरवी गाउँपालिकाको मुकाम पुग्ने भाडादर एक हजार १९० बाट घटाएर नौ सय कायम गरिएको बताए । उनले भने सार्वजनिक यातायात ब्यबसायी र निजि ब्यवसायीले सरकारले तोकेको भाडादर भन्दा बढि लिने गरेका कारण दुबै जिल्लाका सुरक्षा समितिहरु र अन्य सरोकारवाल निकाय बसेर छलफल पश्चात उक्त भाडादर कायम गरेका छौँ ।
त्यस्तै नेपाल सरकारले तोकेको भाडादर भन्दा बढि भाडा लिएको पाइएमा ट्राफिक प्रहरी,नेपाल प्रहरीले नियमानुसार कार्वाही गर्ने,रुट प्रमिट नभएका सडकहरुको लागी रुट प्रमिटका लागी यातायात ब्यबस्था कार्यालय सुर्खेत र सम्बन्धित यातायात ब्यबसायीले पहल गर्न जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने, सडक डिभिजन सुर्खेतले सडक दुर्घटना न्युनीकरणका लागी आफ्नो वार्षिक कार्यक्रम अनुसार नियमति रुपमा गर्नु पर्ने मर्मतका कामहरु साथै त्रयास क्यारिएर रोड मार्किङ लगायतका कार्यहरुलाई प्रथामिकता दिएर काम गर्ने, ट्राफिक प्रहरी नेपाल प्रहरीले मादक पद्धार्थ लाइसेन्स चेकजाँचलाई प्रभावकारी बनाउने र सो सहजीकरणका लागी यातायात ब्यबसायीले सहयोग गर्ने, सिटक्षमता भन्दा बढि यात्रु बोक्ने सवारी साधनलाई तत्काल कार्वाही गर्ने,सवारी साधनमा सिट थपेको भए कार्वाही गर्ने र सिटहरु निकाल्ने कार्यमा प्रहरीलाई यातायात ब्यबसायीले सहयोग गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी जैसीले जानकारी दिए ।